ताप्लेजुङका दिनेश अधिकारी भए सन् २०२६ को एमडीआरटी बन्ने पहिलो अभिकर्ता 



ताप्लेजुङ । सिटिजन लाइफ इन्स्योरेन्स ताप्लेजुङ शाखाका एजेन्सी म्यानेजर दिनेश अधिकारीले एकैदिनमा एमडीआरटीको लक्ष्य हासिल गर्नुभएको छ । उहाँले जनवरी १ कै दिन एमडीआरटीको लक्ष्य हात पार्न सफल भएको हो ।

सन् २०२५ का लागि एमडीआरटीमा छनोट हुने समय हिजो डिसेम्बर ३१ बाट सकिएको छ । आज २०२५ जनवरी १ बाट २०२५ डिसेम्बर ३१ सम्मका लागि एमडीआरटी हुन तोकेको लक्ष्य हासिल गर्ने अभिकर्ता मात्रै २०२६ का लागि एमडीआरटीमा छनोट हुनेछन् । 

सन् २०२६ का लागि एमडीआरटीमा छनोट हुनका लागि प्रथम बीमाशुल्क ५३ लाख ९६ हजार ६०० रुपैयाँ रहेको छ । अधिकारीले उक्त लक्ष्य हात पारिसक्नुभएको छ

सन् २०२६ का लागि उक्त लक्ष्य हासिल गर्ने पहिलो अभिकर्ता नै अधिकारी बन्न पुगेका हुन् । कम्पनीले दिने हरेक लक्ष्य अधिकारीले पूरा गर्छन् ।  उहाँको अबको लक्ष्य भनेको टप अफ द टेबल (टीओटी) बन्ने रहेको छ ।

प्रकाशित मिति : 9:39 pm

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो