कर्मचारी मिलन केन्द्र ताप्लेजुङको अध्यक्षमा सन्दीपा खड्का




रेडियो काबेली
ताप्लेजुङ । कर्मचारी मिलन केन्द्र ताप्लेजुङको अध्यक्षमा सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्का चयन हुनुभएको छ । शनिबार भएको १३ औँ साधारणसभाले खड्कालाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । केन्द्रको उपाध्यक्षमा कोष नियन्त्रक गणेशकुमार पोखरेल,सचिवमा नापी कार्यालय ताप्लेजुङका प्रमुख रजिता श्रेष्ठ, सहसचिवमा जलस्रोत तथा सिचाँई डिभिजन कार्यालय ताप्लेजुङका प्रमुख बिशाल पोख्रेल र कोषाध्यक्षमा जिल्ला हुलाक कार्यालयमा निमित्त प्रमुख नवराज गिरी रहनु भएको छ ।

त्यस्तै सदस्यहरुमा शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख योगेश्वर भट्टराई,नेपाल बैंक लिमिटेड ताप्लेजुङ शाखाका प्रवन्धक बसुन्धरा आचार्य,निमित्त जिल्ला समन्वय अधिकारी युवराज पौडेल, फुङलिङ नगरपालिकाको लेखा शाखा प्रमुख दिनेश भण्डारी, जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा रमेश अधिकारी,पाथीभरा याङवरक गाउँपालिकाका लेखा शाखा प्रमुख गोपाल भट्टराई रहनु भएको छ । कर्मचारी मिलन केन्द्र ताप्लेजुङ जिल्लामा रहेर विभिन्न क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई एकतावद्ध गर्ने संस्था हो ।

प्रकाशित मिति : 8:14 pm

प्रथम माघेमेला गोल्ड कप : आज सेमिफाइनलका खेल हुने

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि