लागु औषध सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न




रेडियो कोबली
ताप्लेजुङ ।
फुङलिङ नगरपालिकामा बुधबार लागु औषध सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको आयोजना तथा चेतना नेपाल झापा र होप फर अल ताप्लेजुङको प्राबिधिक सहयोगमा लागू औसध दुव्र्यशन सम्बन्धि जनप्रतिनिधि,सुरक्षा निकाय, शैक्षिक सस्थाहरु सङ्ग कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरिक्षक रवि रावलले पछिल्लो ३० वर्षको लागु पदार्थ दुव्र्यशनीको अवस्थालाई हेर्दा जिल्लामा २० देखी ३० वर्षको उमेर समुहका प्रयोगकर्ता धेरै रहेको बताउनुभयो । साथै उहाँले चालु आर्थिक वर्षको हालसम्म ५ वटा लागु पदार्थ सम्बन्धी मुद्धा दर्ता भई ५ वटै मुद्धामा ५ जनालाई पक्राउ गरी कारबाही अगाडी बढेको जानकारी दिनुभयो ।

आफ्नो बच्चा विशेष गरी कक्षा ८ मा पुगेपछि के गर्दै छ ? कहाँ जाँदैछ ? के खाँदैछ ? बिचार गर्न अभिभावकलाई प्रहरी नायव उपरिक्षक रावलले आग्रह गर्नुभयो । गत वर्षको माध्यमिक परिक्षा (एसईई)को नतिजामा अनुतिर्ण भएपछि मेरिङदेन गाउँपालिकामा भएको दुःखद घटनालाई स्मरण गराउँदै पछिल्लो समय मानसिक स्वास्थ्यलाई ध्यान दिनु जुरुरी रहेको उहाँको भनाई छ ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी नरेन्द्र शर्मा पौडेलले लागुपदार्थ दुव्र्यशनीको अन्त्य गरि सभ्य र सुसँस्कृत समाजको निर्माण गर्न परिवार, समाज, विद्यालय साथै हरेक क्षेत्रले निगरानी गर्नुपर्ने बताउनुभयो । त्यस्तै फुङलिङ नगरपालिका उप–प्रमुख भिमादेवी ओझाले होप फर अलले लागु पदार्थ दुव्र्यशनीको अन्त्य गर्न गरि रहेको कामको प्रशंसा गर्दै थप सहकार्य गर्न नगरपालिका तयार रहेको बताउनुभयो ।


त्यस्तै नगर प्रमुख अमिर मादेनले केबलकार निर्माणको विषय तर्फ ईङ्गित गर्दै सरकारले निर्माणको लागि स्विकृति दिएको सन्दर्भमा त्यहाँको सुरक्षाको ग्यारेन्टी सरकारले लिनुपर्ने बताउनुभयो । साथै उहाँले होप फर अलसँगको समन्वयमा नगरका हरेक वडाको विद्यालयस्तरमा कार्यक्रम गर्न आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रकाशित मिति : 8:24 pm

फुङलिङ नगरपालिकाले जेठ ३० देखि सार्वजानिक सुनुवाइ गर्ने 

सौगात विष्ट  ताप्लेजुङ, जेठ २९ गते । फुङलिङ नगरपालिकाले चालु

लागू औषध नियन्त्रण सम्बन्धी सचेतना प्रदान

ताप्लेजुङ, जेठ २९ गते । ताप्लेजुङका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध ताप्लेजुङमा सञ्चारकर्मीको धर्ना

सौगात विष्ट ताप्लेजुङ, जेठ २८ गते । सरकारी सञ्चारमाध्यममा मात्र

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र