लाखेजात्रा सञ्चालन समितिको अध्यक्षमा सागर मादेन




रेडियो काबेली
ताप्लेजुङ । जिल्लामा हरेक वर्ष सञ्चालन हुने लाखेजात्रा सञ्चालन समितिको अध्यक्षमा सागर मादेन चयन हुनुभएको छ । समितिको मंगलबार भएको १६ औँ साधारण सभाले मादेनको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको होे । समितिको उपाध्यक्षद्वयमा असोक थेबे र हर्कराज सुनुवार, सचिबमा नेपाली, सह–सचिबमा डिल्ली गुरुङ र कोषाध्यक्षमा दावा शेर्पा चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा पूर्ण गुरुङ, लाक्पा शेर्पा, जीत थेबे, सन्तोष गुरुङ, दिपेश खवास, जीवन इवाराम, गीता पालुङ्वा, उत्सब साँबा र कमल लेछर्बाे चयन हुनुभएको छ ।

यसअघि समितिको अध्यक्षमा देबराज गुरुङ रहनुभएको थियो । यस समितिले जिल्ला कै ठूलो खेलकुद प्रतियोगिता ताप्लेजुङ गोल्डकप सञ्चालन गर्दै आएको छ । नवनिर्वाचित कार्यसमितिको कार्यकाल २ बर्ष रहने समितिको विधानमा उल्लेख छ ।

प्रकाशित मिति : 9:24 pm

मानाभरा गोल्डकप : आज सेमिफाइनलका खेल हुँदै

ताप्लेजुङ, पुस १८ गते । फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिममा जारी मानाभरा

मानाभरा गोल्डकप : लिङ्तेपलाई पराजित गर्दै हाङ्देवा सेमिफाइनलमा 

ताप्लेजुङ, पुस १७ गते । नवप्रयास युथ क्लब हाङ्देवा फक्ताङ्लुङ

ताप्लेजुङ गोल्ड कपलाई ५ लाख बढी नाफा 

ताप्लेजुङ, पुस १७ गते । लाखेजात्रा सञ्चालन समितिले तेश्रो संस्करणको

आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले घट्यो

ताप्लेजुङ, पुस १७ गते । पुस १३ गते कीर्तिमान बनेको

सानिमा मिडल तमोर जलविद्युतको उत्पादन तीन सातादेखि ठप्प 

ताप्लेजुङ, पुस १७ गते । ७३ मेगावट क्षमताको सानिमा मिडल