वीरेन्द्र श्रेष्ठ
ताप्लेजुङ । समाज परिवर्तनको लागी कोहि न कोहिले परिवर्तनको ज्ञान दिने कार्य र नेतृत्व प्रदान गर्नै पर्दो रहेछ । यस अघिका क्रान्तिहरुमा पनि जहाँ जहाँ परिवर्तनको दियो सल्काईयो ति ठाँउहरुमा क्रान्ती सफल भएका छन् । राणा शासन देखि पञ्चायत, प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्र सम्मको यात्राका अनेकन क्रान्तीवीर योद्धाहरुका विजक (बिश्वेश्वर प्रसाद कोईराला, पुष्पलाल) लगायतहरुको अदम्य साहस कै कारण आज नेपाली राजनीतिको परिवर्तन सम्भव भएको छ ।
चेतनशिल प्राणी “मानिस”ले जहिले आफ्नो (म, परिवार, समाज र मुलुकको) हित खोज्छ । यसैका लागी संसारमा ठूलाठूला क्रान्ति (आन्दोलन, आविस्कार, युद्ध)हरु भएका छन् । परिवर्तनलाई आत्मसात नगर्नेहरुको संख्या पनि ठूलै हुने गरेको तथ्यांकले देखाउँछ तर ति यथास्थितीवादीहरु मध्येका चतुर वर्गहरु परिवर्तन भए संगै अग्रपंक्तिमा रहि फेरि पनि समाजको नेतृत्व गर्न अग्रसर रहेका देखिन्छन् । त्यस अहं समयमा समाज चनाखो बन्न उतिकै जरुरी रहन्छ ।
नेतृत्वको परिभाषा समय, समाज, र परिप्रेक्ष्य अनुसार परिवर्तनशील छ । तर, सच्चा नेतृत्व भनेको सधैं सत्य र न्यायको पक्षमा उभिने साहस हो । नेपाली समाज लामो समयदेखि नेतृत्वको खोजीमा छ । श्रद्धेय मदन भण्डारी जस्ता राष्ट्रभक्त नेताको सम्झना आम नेपालीहरुको मनमा आजपनि गाढा छ, किनकि उनले मुलुकलाई नयाँ विचार (जबज) र कार्यदिशा दिए । नेपाली राजनीतिमा २०५० जेष्ठ ३ गते गुमनाम तवरले बिभत्स दुर्घटनाको शिकार बनेका मदन भण्डारीको यात्रा टुगिंएको ३१ बर्ष भै सकेछ । गणेशमान् सिहंले सत्ता मोह त्याग गरे, कृष्णप्रसाद भट्टराई एक शन्त नेता थिए, जसलाई राजनीतिबाट निषेध गरेर उदाएका गिरिजाप्रसाद कोइराला र यो पछिका घटनाहरु खासै रोचक र अनुकरणिय नभै नेपाली राजनीतिमा व्यक्तिवाद, सत्तालिप्सा, र भ्रष्टाचार हावी हुनथालेको समग्र नेपाली राजनीतिक कथा संग्रहमा पाईन्छ र आजको राजनीति यसैको उपज मान्दा खासै अत्युक्ति नहोला ।
आजको समयमा रबि लामिछाने जस्ता साहसी व्यक्तित्व नेपाली राजनीतिमा उदाएका छन् । उनले केवल नयाँ नेतृत्वको सम्भावना देखाएका मात्र हैनन् सत्य र पारदर्शिताको पक्षमा जनताको आवाज बन्ने प्रयास गरेका छन् । यो लेखमा हामी रबि लामिछानेको संघर्षलाई धार्मिक, ऐतिहासिक, र दार्शनिक दृष्टान्तहरूको आधारमा चर्चा गर्दै नेपाली राजनीतिमा सम्भावित परिवर्तनको खाका प्रस्तुत गर्ने जमर्को गरेको छु ।
के नेपाली जनताको प्रतिनिधिले सार्वभौम सरकारको कल्पना गर्नु पाप हो ?
रबि लामिछाने राजनीतिक वंशानुगत परम्पराबाट आएका नेता होइनन् । मिडिया क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका उनी, नेपाली जनताका समस्याहरूको यथार्थ चित्रण र समाधानका लागि अग्रसर भएका छन् । उनको उद्देश्य स्पष्ट छन् :
१.भ्रष्टाचारको अन्त्य
२. शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार
३. प्रशासनिक पारदर्शिता र जवाफदेहिता
तर, सत्यको पक्षमा उभिनु सजिलो छैन । जसरी चाणक्यले भनेका छन्ः
“सत्यं एव जयते नानृतम् ।”
(सत्यले सधैँ विजय प्राप्त गर्छ, असत्यले होइन ।)
रबि लामिछानेले सत्य र पद्धतिमा आधारित नेतृत्व स्थापित गर्न खोज्दा, शक्तिशाली समूहहरू उनको विरुद्ध उभिए । उनीमाथि निराधार आरोप लगाइयो, उनलाई कानुनी जालमा फसाउने प्रयास गरियो । संख्याको खेलमा जकडिएको नेपाली राजनीतिमा २१ सिटमा सिमित राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा जानु, भ्रष्टाचारको मुद्दा उठान गर्नु, जनताको आवश्यक्ता सदनमा प्रस्तुत गर्नु, सहकारीको मुद्दा समाधान गर्ने बाटाहरु रोज्नु नै भुलठान्ने राजनीतिक दल र केन्द्र देखि गाँउसम्मका कार्यकर्ताहरुले रबि लामिछानेको गलति देख्नु कुनै आश्चर्य नहोला ।
हालको घटनाक्रमले महाभारतको कथाका दूर्योधनले युधिष्ठिरलाई गलत सावित गर्दै वनवास पठाउने कर्ममा भएका तिघडम् र नेपाली राजनीति अहिले महाभारतको युद्धजस्तै देखिएको छ। सत्य र असत्यबीचको यो युद्धमा रबि लामिछाने सत्यको पक्षमा सतिसाल झै उभिएका अर्जुन हुन् ।
महाभारतमा अर्जुनलाई धर्मयुद्धको सुरुवातमा गम्भीर मानसिक संघर्ष भयो। आफ्नै परिवारसँग युद्ध गर्नुपर्ने सोचले उनलाई विचलित बनायो । भगवान् श्रीकृष्णले उनलाई सम्झाए :
“क्लैब्यं मा स्म गमःपार्थ नैतत्त्वय्युपपद्यते ।”
(हे पार्थ, यो दुर्बलताले तिमीलाई शोभा दिंदैन । उठ, र धर्मको पक्षमा उभिएर वीरताको परिचय देऊ ।)
रबि लामिछानेलाई पनि शक्तिशाली राजनैतिक पात्रहरूको षड्यन्त्र र अन्यायपूर्ण सोचले रोक्ने प्रयास गर्यो । तर, उनले हार नमान्ने साहस देखाएका छन् ।
महाभारतका वीर कर्ण, द्रोणाचार्य, र भीष्म जस्ता महानपात्रहरू व्यक्तिगत स्वार्थ र सम्बन्धका कारण अधर्मको पक्षमा उभिए ।
१. कर्णः मित्रताका नाममा असत्यको साथ दिए ।
२. भीष्मः कौरवहरूको संरक्षक भएर पनि सत्यको पक्षमा बोल्न सकेनन् ।
३. द्रोणाचार्यः सम्बन्ध र कर्तव्यको गलत व्याख्याले धर्मको विरोधमा उभिन बाध्य भए ।
नेपाली राजनीतिमा पनि धेरै प्रतिभाशाली नेताहरू व्यक्तिगत स्वार्थ, सत्ताको मोह, र बाह्य दबाबका कारण असत्यको पक्षमा उभिएका छन् । रबि लामिछाने भने यी सबै बाधाहरूलाई तोड्न प्रयासरत छन् । त्रेतायुग र द्वापर युगका दृष्टान्तमा त्रेता युगमा भगवान् श्रीराम जसलाई सत्य र धर्मको प्रतीक मानिन्छ । रावणविरुद्धको युद्धमा श्रीरामले रावणजस्ता अधर्मी शक्तिहरूसँग लड्नुप¥यो ।
समाजको अस्वीकारकै कारण साक्षात भगवानकै प्रतिमूर्तिलाई समेत समाजले अनेक शंका गर्यो, जसले सीता परित्याग जस्तो कठोर निर्णय गरायो । रबि लामिछानेको जीवन पनि यस्तै कठिनाईहरूको सामना गरिरहेको छ । सत्यको पक्षमा उभिँदा उनीमाथि निराधार आरोप लगाइन्छ । द्वापर युगमा भगवान् श्रीकृष्णले महाभारतको युद्धमा धर्मको पक्षमा कूटनीतिक भूमिका निर्वाह गरे ।
कौरवहरूको षड्यन्त्रकै कारण, सत्यको पक्षमा उभिन श्रीकृष्ण माथि पनि अनेक आरोप लागेका थिए । अन्ततः धर्मले विजय पायो ।रबि लामिछानेको संघर्ष पनि श्रीकृष्णको कूटनीतिसँग मेल खान्छ । उनी सत्य, साहस, र पारदर्शिताको माध्यमबाट नेपाली राजनीतिमा सुधार ल्याउन चाहन्छन् । चाणक्यका नीति र सत्यमा आधारित नेतृत्व, जो प्राचीन भारतका माहान राजनीतिक विचारक थिए, उनले भनेका छन्ः
“प्रजासुखे सुखं राज्ञःप्रजानां च हिते हितम् ।” (राजाको सुख जनताको सुखमा निहित छ, र जनताको हित नै राजाको हित हो ।रबि लामिछानेको नेतृत्व यो नैतिक सिद्धान्तमा आधारित छ । उनले जनताको वास्तविक आवश्यकता र समस्यालाई प्राथमिकतामा राखेका छन् ।
नेपाली राजनीति अहिले निम्न समस्याहरूबाट ग्रस्त छ:
१.भ्रष्टाचार र सत्तालिप्सा : नेताहरूको ध्यान जनताको समस्या भन्दा सत्ता टिकाउनमा र भ्रष्टाचारको रकम सुरक्षित गर्न केन्द्रित छ ।
२. एजेन्सीको प्रभावः बाह्य शक्तिहरूले नेपाली राजनीति नियन्त्रण गर्न खोजिरहेको प्रष्ट देखिएको छ ।
३. नेतृत्वको अभाव : योग्य र सत्यनिष्ठ नेतृत्वको कमी छ ।
चाणक्यले सुझाएझैं, सत्यमा आधारित नेतृत्वले मात्र समाजलाई यस्ता समस्याबाट मुक्त गराउन सक्छ। रबि लामिछानेले यो अभावलाई पूरा गर्न प्रयास गरिरहेका छन्।
गीता भन्छः
“कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ।”
(तिमीलाई कर्म गर्न मात्रअधिकार छ, फलको अपेक्षा राख्नु हुँदैन ।)
रबि लामिछानेले यो शिक्षालाई अनुसरण गर्दै आफ्नो कर्म जारी राखेका छन् । उनी सत्य र पद्धतिमा आधारित राजनीतिका लागि अनवरत प्रयास गरिरहेका छन् ।
धर्मको पक्षमा उभिनु
“सर्वधर्मान् परित्यज्यमामेकं शरणं व्रज।”
(सबै धर्मलाई त्यागेर मात्र सत्यको शरण लिनु पर्छ।)
रबि लामिछानेले व्यक्तिगत स्वार्थ र सम्बन्ध भन्दा माथि उठेर सत्य र न्यायको पक्षमा उभिनुको महत्व देखाएका छन् ।
रबि लामिछानेले नेपाली राजनीतिमा नयाँ सुधारका सम्भावनाहरु देखाएका छन् ।
१.जनताको विश्वासः दुई तिहाईको समर्थनको सरकारले अनेकन अभियोजन गर्दै हिरासतमा रहँदा पनि उनी प्रति जनताको विश्वास र समर्थन झनै उच्च बन्दैछ ।
२. सिस्टम सुधारः उनले शिक्षा, स्वास्थ्य, र प्रशासनमा सुधारका लागि ठोस योजना प्रस्तुत गरेका छन्।
३. युवा पुस्ताको प्रेरणाः उनी युवा पुस्ताका लागि प्रेरणाको स्रोत बनेका छन् । लगायत अनेकन स्वागत योग्य कामहरु उनले र रास्वपा टिमले अघि सारेको छ ।
भविष्यका चुनौतीहरूः
१.षड्यन्त्रः शक्तिशाली समूहहरूले उनलाई रोक्ने प्रयास गर्नेछन् ।
२. सामाजिक सोचः परिवर्तनका लागि समाजको सोच बदल्न समय लाग्नेछ ।
३. आन्तरिक एकताः नेतृत्वले सबैलाई एकजुट बनाउनु पर्छ ।
नेपाली राजनीति अहिले धर्म र अधर्मको युद्धको मैदान बनेको छ । रबि लामिछाने जस्ता सत्यनिष्ठ व्यक्तित्व र उनको महाअभियानमा सम्मिलितहरुले यो युद्धमा धर्मको पक्षमा उभिने प्रयास गरिरहेका छन् । जसरी त्रेता र द्वापर युगमा भगवान् विष्णुले सत्य र धर्मको स्थापना गरे, त्यसरी नै रबि लामिछानेले सत्य, साहस, र नेतृत्वको उदाहरण प्रस्तुत गरेका छन् ।
नेपाली समाजलाई परिवर्तनको लागि सत्यनिष्ठ र पारदर्शी नेतृत्वको खाँचो छ । रबि लामिछानेले यो आवश्यकता पूरा गर्ने सम्भावना देखाएका छन् । सत्य र धर्मको विजय सधैँ हुन्छ भन्ने विश्वासका साथ, हामीले उनी जस्ता व्यक्तित्व र रास्वपाको महाअभियानलाई समर्थन गर्नुपर्छ ।
“धर्मो रक्षति रक्षितः।”
(धर्मको संरक्षण गर्दा धर्मले पनि हाम्रो रक्षा गर्दछ ।) रबि लामिछानेको नेतृत्वले नेपाली राजनीतिमा सत्य र धर्मको विजय सुनिश्चित गर्नेछ । मदन भण्डारीलाई नेपाली राजनीतिबाट हटाईए पछि झण्डै ३० बर्षमा अर्को विकल्प नेपाली राजनीतिमा आएको यर्थाथलाइ आत्मसात गर्दै यस यात्रामा हामी सबैको समर्थन अपरिहार्य गराउन जरुरी भै सकेको छ ।
प्रतिक्रिया