किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङद्वारा पाँच विद्यार्थीलाई छात्रवृत्ति



ताप्लेजुङ, भदौ १८ गते । किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङले स्थापना दिवसको अवसरमा छात्रवृत्ति प्रदान गरेको छ । ३७ औँ स्थापना दिवसको अवसरमा जिल्लाका विभिन्न क्षेत्रमा अध्ययनरत पाँच जना विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै शुभकामना आदानप्रदान गरेका छन् ।

फुङलिङ स्थित तोक्मेमा रहेको धान नाच पार्कमा आयोजित कार्यक्रममा खेममाय सिङ्घक आङ्बुहाङ् तथा देवीबहादुर आङ्बुङ् छात्रवृत्ति अक्षयकोष मार्फत सिरीजङ्घा गाउँपालिका ३ का आयुसा लिम्बूलाई नगद दश हजार रुपियाँ प्रदान गरिएको चुम्लुङ्का अध्यक्ष डम्बर बहादुर पालुङ्वाले बताउनुभयो ।

अध्यक्ष पालुङ्वाका अनुसार किराँत याक्थुङ चुम्लुङ इजरायल छात्रवृत्ति कोषबाट दुई जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइएको छ । पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुका सन्जिब बिक र मिक्वाखोला गाउँपालिका ३ लिबाङका अमिरा लिम्बूलाई समान नगद दस हजार रुपियाँ प्रदान गरिएको कियाचुले जनाएको छ ।

त्यस्तै, किराँत याक्थुङ सहयोग कोषबाट फुङलिङ नगरपालिका–९ हाङदेवाका सुप्रिया मादेन र फक्ताङलुङ गाउँपालिकाका सेसेहाङ् लिम्बुलाई समान पाँच हजार रुपियाँ छात्रवृत्ति स्वरुप नगद प्रदान गरिएको बताइएको छ ।

कार्यक्रममा उपस्थित कियाचुका केन्द्रीय सदस्य नविन पोमु, सल्लाहकार कृतिमान मादेन लगायतले छात्रवृत्तिको रकम हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा लिम्बू समुदायका नागरिकहरू मौलिक भेषभुषामा सजिएर उपस्थित भएका थिए । कार्यक्रममा धान नाच समेत प्रस्तुत गर्नुका साथै उपस्थित विभिन्न सरोकारवालाका प्रतिनिधिले शुभकामना समेत व्यक्त गरेका थिए ।

प्रकाशित मिति : 6:09 pm

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ