याक्थुङ कलाकार परिषद् अध्यक्षमा पालुङ्वा चयन



ताप्लेजुङ, भदौ १८ गते । ताप्लेजुङमा किराँत याक्थुङ चुम्लुङअन्तर्गत याक्थुङ सांस्कृतिक कलाकार परिषद गठन गरिएको छ । परिषदको मङ्गलबार सम्पन्न दोस्रो जिल्ला अधिवेशनले प्रताप पालुङ्वा (देउमान) अध्यक्ष रहेको २३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

याक्थुङ सांस्कृतिक कलाकार परिषद् जिल्ला कार्यसमितिको उपाध्यक्षमा दिलमाया माङ्युङ र चतुरमती थाङ्देन, सचिवमा दिलिप लाबुङ, सहसचिव रिना माबो र कोषाध्यक्षमा जसबहादुर हाङ्गाम चयन हुनुभएको छ ।

किराँत याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य नवीन पोमुको प्रमुख आतिथ्यतामा कलाकार परिषद्को जिल्ला अधिवेशन सम्पन्न गरिएको हो ।

जिल्ला अधिवेशनबाट कार्यसमिति सर्वसम्मत चयन गरिएको किराँत याक्थुङ चुम्लुङका जिल्ला सचिव सरोज कङ्लिवाले जानकारी दिनुभयो । कङ्लिवाका अनुसार किराँत याक्थुङ चुम्लुङका जिल्ला अध्यक्ष डम्बरबहादुर पालुङ्वासहितका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

कियाचुको ३७ औं स्थापना दिवसको अवसरमा याक्थुङ सांस्कृतिक कलाकार परिषद्को जिल्ला अधिवेशन सम्पन्न गरिएको हो । यता अधिवेशनको उद्घाटनमा लिम्बू संस्कृतिमा आधारित नृत्य धान नाच ९याःलाङ०समेत प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : 6:16 pm

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा