पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने, घण्टीको गेट बनाइने



ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न आवश्यक पहल अघि बढाउने भइएको छ । पाथीभरा क्षेत्र विकास समितिको आज बसेको बैठकले पाथीभरालाई विश्व सम्पदामा सूचिकृत गर्ने पहल अघि बढाउने निर्णय गरेको हो । 

पाथीभरा क्षेत्र विकासका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार पाथीभरा मन्दिर विश्व सम्पदा सूचीमा सूचिकृत हुन सक्ने सम्भाव्य क्षेत्र र पर्याप्त विशेषता भएकोले उक्त क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेशको लागि पहल अगाडि बढाइने भएको हो । यस्तै फुङलिङ नगरप्रमुख अमिर मादेनले पाथीभरा क्षेत्र विश्व सम्पदा सूचीमा समावेश हुन सक्ने विशेषताले भरिपूर्ण भएकोले सूचीकृतका लागि पहल अघि बढाउनु सकारात्मक भएको बताउनुभयो । 

पाथीभरा मन्दिरले धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक महत्व बोकेकाले यस क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्न चाहिने आवश्यक प्रकृया अघि बढाउने निष्कर्ष लिएको क्षेत्र विकास समितिले जनाएको छ । यो सँगै मन्दिरमा चढाइएको घण्टीलाई आवश्यक व्यवस्थापन गर्ने भएको छ ।  

पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवेका अनुसार पाथीभरा मन्दिरमा भक्तजनहरूले चढाएको घण्टी पाथीभरा क्षेत्रमा घण्टी गेट, घण्टी पार्क बनाउन सकिने गरी व्यवस्थापन गर्ने निर्णय भएको छ । उहाँका अनुसार पाथीभरालाई थप व्यवस्थित गर्नका लागि गुरु योजना निर्माण गरी अघि बढाउने निर्णय समेत गरिएको छ । 

साथै पाथीभरा मन्दिर परिसरमा रहेको हेलिप्याड सार्ने निर्णय गरिएको छ । हेलिप्याड गेट भन्दा बाहिर सार्ने भएको हो । 

प्रकाशित मिति : १ पुष २०८१, सोमबार १८:०५

पुसे मेला भलिबलः पिटीभिसीको विजयी सुरुवात

एलिना दियालीताप्लेजुङ । विगत ५१ वर्षदेखी ताप्लेजुङको दोभान बजारमा लाग्दै

होफ फर अल ताप्लेजुङले मनायो पहिलो वार्षिक उत्सव

ताप्लेजुङ । लागू औषध न्यूनिकरणको प्रमुख उद्देश्य राखेर स्थापना भएको

फुरुम्बो पालुङ्वा वंश प्रतिष्ठानको सङ्कल्प : मुक्कुमलुङ आन्दोलन प्रति ऐक्यबद्धता जाहेर

साहारा लङ्वा लिम्बूताप्लेजुङ । फुरुम्बो पालुङ्वा वंश प्रतिष्ठानले आफ्नो सङ्कल्प

पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने, घण्टीको गेट बनाइने

ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश

साङ्धुङगे माङ्गेन्ना यक थुकिमामा चासोक तङ्नाम भव्य रुपमा सम्पन्न

बि. पि. साम्याङखामताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ५ थुकिमामा चासोक