पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने, घण्टीको गेट बनाइने



ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न आवश्यक पहल अघि बढाउने भइएको छ । पाथीभरा क्षेत्र विकास समितिको आज बसेको बैठकले पाथीभरालाई विश्व सम्पदामा सूचिकृत गर्ने पहल अघि बढाउने निर्णय गरेको हो । 

पाथीभरा क्षेत्र विकासका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार पाथीभरा मन्दिर विश्व सम्पदा सूचीमा सूचिकृत हुन सक्ने सम्भाव्य क्षेत्र र पर्याप्त विशेषता भएकोले उक्त क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेशको लागि पहल अगाडि बढाइने भएको हो । यस्तै फुङलिङ नगरप्रमुख अमिर मादेनले पाथीभरा क्षेत्र विश्व सम्पदा सूचीमा समावेश हुन सक्ने विशेषताले भरिपूर्ण भएकोले सूचीकृतका लागि पहल अघि बढाउनु सकारात्मक भएको बताउनुभयो । 

पाथीभरा मन्दिरले धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक महत्व बोकेकाले यस क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्न चाहिने आवश्यक प्रकृया अघि बढाउने निष्कर्ष लिएको क्षेत्र विकास समितिले जनाएको छ । यो सँगै मन्दिरमा चढाइएको घण्टीलाई आवश्यक व्यवस्थापन गर्ने भएको छ ।  

पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवेका अनुसार पाथीभरा मन्दिरमा भक्तजनहरूले चढाएको घण्टी पाथीभरा क्षेत्रमा घण्टी गेट, घण्टी पार्क बनाउन सकिने गरी व्यवस्थापन गर्ने निर्णय भएको छ । उहाँका अनुसार पाथीभरालाई थप व्यवस्थित गर्नका लागि गुरु योजना निर्माण गरी अघि बढाउने निर्णय समेत गरिएको छ । 

साथै पाथीभरा मन्दिर परिसरमा रहेको हेलिप्याड सार्ने निर्णय गरिएको छ । हेलिप्याड गेट भन्दा बाहिर सार्ने भएको हो । 

प्रकाशित मिति : 6:05 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन