सिरिजङ्गा गोल्डकप : आयोजकलाई पराजित गर्दै मरिक एफसी फाइनल प्रवेश




रेडियो कोबली । ताप्लेजुङको सिरिजङ्गामा जारी चौथो अन्तराष्ट्रिय सिरिजङ्गा गोल्डकपमा मरिक एफसी सुनसरी फाईनल प्रवेश गर्ने पहिलो टोली बनेको छ । बिहिबार (आज) भएको पहिलो सेमिफाईन खेलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै सुनसरी फाईनल प्रवेश गरेको हो ।

धरानको जितका लागि भुवन बस्नेत,सबिन घिमिरे र निश्चल लामाले एक–एक गोल गर्नुभयो । आयोजकको तर्फबाट असिम लिम्बु र नबिन भुजेलले एक–एक गोल गरेपनि जितका लागि पर्याप्त भएन् । आजको खेलको म्यान अफ दि म्याच मरिक एफसीका सुमन राना घोषित हुँदै नगद दुइ हजार एक सय सहित ट्रफि प्राप्त गर्नुभयो ।


ऐतिहासिक व्यक्तित्व तेअङसी सिरिजङगा सिंह थेवेको ३२० औं जन्मजयन्तिको अवसरमा आयोजना गोल्डकपमा शुक्रबार अन्तिम सेमिफाइनल खेलमामा ब्रदरहुड एफसी उदयपुर र वाइ वाइ पॉचथर फुटबल क्लब भिड्न आयोजक समितीका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिनुभयो ।


गोल्डकपको बिजेता टिमले नगद २ लाख ५० हजार ५ सय ५५ रुपैयाँका तथा उपबिजेता टिमले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । त्यस्तै गोल्डकपमा बिधागत पुरस्कारतर्फ प्रत्येक खेलमा उत्कृष्ट खेल खेल्ने एक जनालाई नगद २ हजार १ सय रुपैयाँका साथ ‘म्यान अफ द म्याच’ प्रदान गरिने छ ।

यस्तै सर्बोत्कृष्ट खेलाडीलाई ७ हजार रुपैयाँ तथा सर्वाधिक गोलकर्ता,उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेण्डर र उत्कृष्ट मिडफिल्डरलाई समान नगद ४–४ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र प्रदान गरिने समेत आयोजकले जानकारी दिएको छ । मंसिर २३ गते देखि सुरू भएको गोल्डकप २९ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : 6:50 pm

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि

प्रहरीको आयोजनामा दौड प्रतियोगिता

ताप्लेजुङ, चैत २२ गते । जिल्ला प्रहरी कार्यालयले हरित पैदल

आईटी एकेडेमीबाट दीक्षित भएका प्रशिक्षार्थीलाई प्रमाणपत्र 

 ताप्लेजुङ, चैत १९ गते । ताप्लेजुङमा रहेको एक मात्र आईटी

मेरिङ्देन गाउँपालिकाले स्नातक तह अध्ययन गर्ने विद्यार्थीको शुल्क तिरिदिने 

ताप्लेजुङ, चैत १८ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले उच्च शिक्षा

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ