नाल्बुको पान्दोलुङ माबिमा तुम्बाहाङ्फे परिवारबाट १० लाखको अक्षयकोष स्थापना, सञ्चालनमा आयो कक्षा ११ 



ताप्लेजुङ । मेरिङदेन गाउँपालिका ६ नाल्बुको पान्दोलुङ माध्यमिक विद्यालयमा कक्षा ११ तथा १२ को कक्षा सञ्चालनको सहयोगका लागि अक्षयकोष स्थापना गरिएको छ । आफ्ना स्वर्गीय बुवा पहलमान तुम्बाहाङ्फे र स्वर्गीय आमा जयरानी तुम्बाहाङ्फेको स्मृतिमा १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको हो । 

स्वर्गीय बुवाआमाको स्मृतिमा छोराहरू डम्बर बहादुर तुम्बाहाङ्फे, नरेन्द्र कुमार तुम्बाहाङ्फे, यमसोजङ तुम्बाहाङ्फे, डम्बरध्वोज तुम्बाहाङ्फे, पुर्णप्रसाद तुम्बाहाङ्फे, चैतन्य तुम्बाहाङ्फे र नाति एवम् नाल्बुका वडाध्यक्ष मनोज तुम्बाहाङ्फेले संयुक्त रुपमा अक्षयकोष स्थापना गर्नु भएको विद्यालयले जनाएको छ । 

यस्तै उक्त विद्यालयमा कक्षा ११ को पढाई सुरु हुने भएको छ । शुक्रबार संविधानसभाका सदस्य डम्बरध्वोज तुम्बाहाङ्फेको प्रमुख आतिथ्यतामा कक्षा ११ को समुद्घाटन गरिएसँगै पढाई सुरु हुने भएको हो । पान्दोलुङमै कक्षा ११ तथा १२ को पढाई सुरु भएसँगै सोही विद्यालय तथा आसपासका वडामा अध्ययनरत विद्यार्थीहरूले अन्यत्रै गएर अध्ययन गर्नुपर्ने बाध्यता हटेको छ । यसअघि एसईई उत्तीर्ण गरेका सो क्षेत्रका विद्यार्थीहरू सदरमुकाम लगायतका क्षेत्रमा आएर अध्ययन गरिरहेका छन् ।

यस वर्ष कक्षा ११ र आगामी आर्थिक वर्षदेखि कक्षा १२ को पढाई सुरु गरिने विद्यालयले जनाएको छ । कार्यक्रममा संविधानसभाका सदस्य तुम्बाहाङ्फे, मेरिङदेन गाउँपालिका उपाध्यक्ष दुर्गा प्रसाद सिरेङ चङवाङ, सामाजिक विकास समिति संयोजक तथा २ नं। वडाध्यक्ष तेज कुमार चङबाङ, शिक्षा शाखा प्रमुख हरि बहादुर कुवर, नाल्बुका वडाध्यक्ष तुम्बाहाङ्फे, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष देवेन्द्र तुम्बाहाङ्फे, शिक्षक, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 8:06 pm

रेडियो काबेलीका स्टेसन मेनेजर लङ्वालाई टीकाराम गौतम स्मृति पत्रकारिता पुरस्कार प्रदान

सौगात बिष्टताप्लेजुङ, बैशाख ९ गते । रेडियो काबेलीका स्टेसन मेनेजर

प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुनः हिमपात

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा

रिफाइन गरियो पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी

ताप्लेजुङ, चैत २६ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी प्रशोधन

ताप्लेजुङको आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा

ताप्लेजुङमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुरु

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङमा कोशी प्रदेश स्तरीय छैटौँ