ताप्लेजुङको दोभानमा २ दिने निःशुल्क आँखा शिविर सुरु, २९४ जनाको आँखा परीक्षण 



ताप्लेजुङ । ताप्लेजुङको दोभानमा आजदेखि २ दिने निःशुल्क आँखा शिविर सुरु भएको छ । दोभान आँखा उपचार केन्द्रमा भोलिसम्म जारी रहने २ दिने निःशुल्क आँखा शिविर शुरु भएको हो । 

शिविरको पहिलो दिन आज २ सय ९४ जनाको आँखा परीक्षण गरिएको मेरिङदेन गाउँपालिकाका सूचना अधिकारी जितेन लिम्बुले जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षणकै क्रममा ५२ जनाको मोतियाबिन्दुको शल्यक्रियाका लागि छनोट गरिएको छ । 

यो समाचार तयार पार्दासम्म २० जनाको आँखाको शल्यक्रिया सम्पन्न गरिएको सूचना अधिकारी लिम्बुको भनाई छ । शिविर मार्फत १ सय ७६ जनालाई निःशुल्क चश्मा समेत बितरण गरिएको छ । 

शिविर नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङ, सेवा फाउण्डेसन काठमाडौँ र मेरिङदेन गाउँपालिकाको संयुक्त पहलमा सुरु भएको हो । शिविर डाक्टर रामप्रसाद पोख्रेल आँखा अस्पताल धनकुटाको प्राविधिक सहयोग र विराटनगर आँखा अस्पतालका डाक्टरहरूले सहजीकरण गरिरहेका छन् ।

प्रकाशित मिति : 6:59 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा