ताप्लेजुङको दोभानमा २ दिने निःशुल्क आँखा शिविर सुरु, २९४ जनाको आँखा परीक्षण 



ताप्लेजुङ । ताप्लेजुङको दोभानमा आजदेखि २ दिने निःशुल्क आँखा शिविर सुरु भएको छ । दोभान आँखा उपचार केन्द्रमा भोलिसम्म जारी रहने २ दिने निःशुल्क आँखा शिविर शुरु भएको हो । 

शिविरको पहिलो दिन आज २ सय ९४ जनाको आँखा परीक्षण गरिएको मेरिङदेन गाउँपालिकाका सूचना अधिकारी जितेन लिम्बुले जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षणकै क्रममा ५२ जनाको मोतियाबिन्दुको शल्यक्रियाका लागि छनोट गरिएको छ । 

यो समाचार तयार पार्दासम्म २० जनाको आँखाको शल्यक्रिया सम्पन्न गरिएको सूचना अधिकारी लिम्बुको भनाई छ । शिविर मार्फत १ सय ७६ जनालाई निःशुल्क चश्मा समेत बितरण गरिएको छ । 

शिविर नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङ, सेवा फाउण्डेसन काठमाडौँ र मेरिङदेन गाउँपालिकाको संयुक्त पहलमा सुरु भएको हो । शिविर डाक्टर रामप्रसाद पोख्रेल आँखा अस्पताल धनकुटाको प्राविधिक सहयोग र विराटनगर आँखा अस्पतालका डाक्टरहरूले सहजीकरण गरिरहेका छन् ।

प्रकाशित मिति : 6:59 pm

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा

पाथीभरामा भदौमा १३ लाख ६७ हजार भेटी सङ्कलन

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा

पाथीभरा याङवरक छ विधाका खेल प्रशिक्षक नियुक्त गर्ने

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले जिल्ला