जिल्ला होटल व्यवसायी संघ काठमाडौंद्धारा राति १२ बजे सम्म होटल सञ्चालन गर्न माग



ताप्लेजुङ । जिल्ला होटल व्यवसायी संघ काठमाडौंले रात्रीकालिन समयमा होटल सञ्चालन गर्न माग गरेको छ । होटल व्यवसाय खुल्ने समय राति १० बजे सम्म रहेकोमा बढाएर कम्तिमा राति १२ बजे सम्म खोल्न पाउनु पर्ने व्यवसायीहरुको माग छ । बुधबार जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्यलाई ज्ञापन पत्र बुझाउँदै संघले सो माग गरेको हो ।

संघका अध्यक्ष सुरेश बराल, बरिष्ठ उपाध्यक्ष भविश्वर दुवे, उपाध्यक्ष मनोहरी कंडेल, बिष्णु प्रसाद घिमिरे, महासचिव शैलेन्द्र विक्रम थापा र सदस्य नविन अधिकारिले संयुक्त रूपमा भेटेर होटल व्यवसायी सँग सम्बन्धित विविध समस्याको बारेरमा समाधानको लागि माग गरेका हुन् । ठमेल, दरबार मार्ग, दोहोरी क्लबहरु विहान ३ बजे सम्म पनि खोलीरहेको भन्दै संघले कम्तिमा जिल्लाका होटलहरु १२ बजेसम्म खोल्ने अनुमति दिन माग गरेको हो ।

यस्तै काठमाडौंमा रात्रिकालिन समयमा डान्सबारको नाममा खोलिएका केही व्यवसायीहरुले गैरकानूनी काम गरिरहेको र होटलका पाहुनाहरुलाई प्रलोभन देखाएर लुटपाट मच्चाइरहेको प्रति संघले ध्यानाकर्षण गराएको छ । लैंगिक अल्पसंख्यक र वेश्यावृत्तिहरुको विकृति देखिएकाले सो क्षेत्रमा समेत सुरक्षा व्यवस्था चुस्त राख्न संघले आग्रह गरेको छ। ज्ञापन बुझ्दै प्रमुख जिल्ला अधिकारी आचार्यले रात्रीकालिन समय बढाउने विषयमा आफू सकरात्मक रहेको भन्दै आवश्यक सुरक्षाको विषयमा छलफल गरेर अँगाडी बढ्ने बताउनु भयो । संघको सचिवालयको गत बैठकले उपाध्यक्ष विष्णु प्रसाद घिमिरेको संयोजकत्वमा डेलिगेशन जाने निर्णय गरेको थियो ।

प्रकाशित मिति : 11:04 am

फुङलिङले चुम्यो कञ्चनजंघा सेसेलुङ महिला गोल्ड कप उपाधि

ताप्लेजुङ, मङ्सिर २० गते । कञ्चनजंघा सेसेलुङ महिला गोल्ड कपको

सेसेलुङ महिला गोल्ड कप : आज उपाधिका लागि मेरिङदेन र फुङलिङ भिड्दै

ताप्लेजुङ, मंसिर २० गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

मिक्वाखोला : थलङ स्पोर्टिङ क्लब र फङफङदेन स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको मिक्वाखोला गाउँपालिका –४ साँबामा जारी आमन्त्रीत

 सेसेलुङ महिला गोल्ड कपको उपाधिका लागि मेरिङदेन र फुङलिङ भिड्दै

ताप्लेजुङ, मंसिर १९ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले मंसिर २५ गते एकता सन्देश सभा गर्ने 

ताप्लेजुङ, मंसिर १९ गते । नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले आगामी