पाथीभरा याङवरक र फक्ताङ्लुङ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण तथा पहिचानका लागि दुई दिने शिबिर सञ्चालन गर्दै 



सौगात बिष्ट

ताप्लेजुङ, मङ्सिर ११ गते । ताप्लेजुङको दुई स्थानिय तहले अपाङ्गता भएका व्यक्तिहरूका लागि दुई दिने शिबिर सञ्चालन गर्ने भएका छन। जिल्लाको पाथीभरा याङवरक गाउँपालिका र फक्ताङलुङ गाउँपालिकाले गाउँपालिका, कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय र करुणा फाउन्डेसन नेपालको त्रिपक्षीय साझेदारीमा दुई दिने विशेष शिविर सञ्चालन गर्न लागेका हुन।

त्रिपक्षीय साझेदारीमा सञ्चालित ‘अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम’ अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, अपाङ्गताको अवस्था वर्गीकरण तथा आवश्यकताको पहिचानका लागि शिविर आयोजना गर्न लागिएको हो।

गाउँपालिकाभित्र बसोबास गर्दै आएका तर यसअघि अपाङ्गता परिचयपत्र प्राप्त गर्न छुटेका, परिचयपत्र नवीकरण तथा पुनःजाँच गराउनुपर्ने र विभिन्न प्रकारका अपाङ्गता भए पनि परिचयपत्र प्राप्त नगरेका व्यक्तिलाई लक्षित गरी शिविर सञ्चालन गर्न लागिएको पाथीभरा याङवरक गाउँपालिकाका प्रशासकीय अधिकृत तेजनाथ पोखरेलले जानकारी दिनुभयो।

मङ्सिर १५ गते पाथीभरा याङवरक गाउँपालिकाको वडा नं. १, २ र ३ को लागि पालिकाको केन्द्र थेचम्बुमा र मङ्सिर १६ गते वडा नं. ४, ५ र ६ का लाभग्राहीका लागि चाक्सिबोटे वडा कार्यालयमा शिविर सञ्चालन हुने पालिकाले जनाएको छ ।

त्यस्तैगरी, फक्ताङ्लुङ गाउँपालिकामा मंसिर १८ गते सावादिन, खेजेनिम र लिङ्खिमका लाभग्राहीका लागि स्वास्थ्य चौकी लिङ्खिममा सेवा प्रवाह हुनेछ । यस्तै मंसिर १९ गते इखाबु, तापेथोक र लेलेप को लागि आधारभूत अस्पताल तापेथोकमा शिविर सञ्चालन हुने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईले जानकारी दिनुभयो।

शिविरमा विशेषज्ञ प्राविधिक टोलीबाट प्रारम्भिक स्वास्थ्य जाँच, अपाङ्गताको वर्ग निर्धारण तथा आवश्यकताको पहिचान गरिनेछ । शिविर सेवा लिन आउने लाभग्राहीले आफ्नो नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र बालबालिकाको हकमा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रूपमा ल्याउनुपर्नेछ । यसअघि उपचार गराएको भए अस्पतालको डिस्चार्ज रिपोर्ट, प्रेस्क्रिप्सन वा मेडिकल रिपोर्टसमेत साथमा ल्याउन गाउँपालिकाले अनुरोध गरेको छ ।

दुवै पालिकाले बिहान १० बजेदेखि सेवा प्रदान गर्ने जनाएको छ ।

प्रकाशित मिति : 10:28 am

आमाको जन्मदिनमा छोरीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सौगात बिष्ट ताप्लेजुङ, मङ्सिर ११ गते । फुलमाया बिष्टको जन्मदिनको

मैवाखोला गाउँपालिकाले उद्यमशीलता विकासका लागि पाँच लाखसम्म अनुदान दिने

सौगात बिष्ट ताप्लेजुङ, मङ्सिर १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले

फरार प्रतिवादीबाट ४२ लाख बढी जरिवाना असुल

ताप्लेजुङ, मङ्सिर १० गते । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले अदालतको

ओलाङचुङगोलामा पुनः पुग्यो सवारीसाधन

ताप्लेजुङ, मङ्सिर १० गते । चीनसँगको सीमा जोडिएको ताप्लेजुङको दुर्गम