कञ्चनजंघा (सेसेलुङ) गोल्डकप : विदेशी टिमलाई पछि पर्दै गोधूली फुटबल क्लब सेमिफाइनलमा प्रवेश



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । गोधूली फुटबल क्लब ताप्लेजुङको फुङलिङमा जारी दोस्रो कञ्चनजंघा (सेसेलुङ) अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको तेस्रो क्वाटरफाइनल खेलमा अन्तराष्ट्रिय टिम कञ्चनजङ्घा फुटबल क्लब भारत सिलगुढीलाई २–० ले पराजित गर्दै सुनसरी धरानको गोधूली फुटबल क्लब  सेमिफाइनलमा प्रवेश गरेको हो । 

यो सँगै गोधुलीले सेमिफाइनलमा सम्दु फुटबल क्लब तेह्रथुमसंगको भेट पक्का गरेको छ । सम्दु फुटबल क्लबले पहिलो क्वाटरफाइनल खेलमा आयोजकलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।  खेलको समय सकिन ४ मिनेट बाँकी रहँदा भएको घम्साघम्सीका क्रममा गोधुलीका मिलन राई र कञ्चनजंघाका प्रज्वल केसीले रातो कार्ड खाँदा दुबै टिम १० खेलाडीमा सिमित भएका थिए ।

भोली क्वाटरफाइनलको अन्तिम खेलमा न्यू स्टार क्लब बिर्तामोड झापा र पाँचथरको फिदिम स्पोर्टिङ क्लब विच प्रतिस्पर्धा हुँदै छ । यो सँगै भोलि सेमिफाइनल खेलको समीकरण पूरा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद ३ लाख ५२ हजार ८१ रुपैयाँ र उपविजेताले १ लाख ५२ हजार ८१ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । हरेक दिनको खेलमा म्यान अफ दि म्याच बन्ने खेलाडी र खेल अवधि भरि विभिन्न विधामा उत्कृष्ट बन्नेलाई समेत उचित नगद पुरस्कारको व्यवस्था गरिएको छ । 

चासोक तङनामको अवसरमा शनिबारबाट सुरु भएको प्रतियोगिता आगामी मंसिर २२ गतेसम्म जारी रहने छ । चासोक तङनाम सञ्चालन समिति, ङावोरक सङजुम्भो फुङलेङ र कञ्चनजंघा फुङलिङ क्लबको संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो । 

प्रकाशित मिति : 9:12 pm

नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रद्वारा दाताहरूलाई सम्मान

रेडियो काबेलीताप्लेजुङ। नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा

पाथीभरामा साढे ७५ लाख भेटी सङ्कलन

साहारा लिम्बूफुङलिङ, पुस २ गते । प्रसिद्ध धार्मिक स्थल पाथीभरा

आजबाट सुरु हुने भनिएको ऐतिहासिक पुषे मेलाको औपचारिक उद्‌घाटन भोलि मात्र हुने

ताप्लेजुङ, पुष १ गते । आजबाट सुरु हुने ऐतिहासिक पुषे

खोक्लिङमा किराना पसलको अनुगमन

सौगात विष्टताप्लेजुङ, पुष १ गते । ताप्लेजुङको मिक्कवाखोल गाउँपालिका–२ खोक्लिङमा