कञ्चनजंघा (सेसेलुङ) गोल्डकप : विदेशी टिमलाई पछि पर्दै गोधूली फुटबल क्लब सेमिफाइनलमा प्रवेश



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । गोधूली फुटबल क्लब ताप्लेजुङको फुङलिङमा जारी दोस्रो कञ्चनजंघा (सेसेलुङ) अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको तेस्रो क्वाटरफाइनल खेलमा अन्तराष्ट्रिय टिम कञ्चनजङ्घा फुटबल क्लब भारत सिलगुढीलाई २–० ले पराजित गर्दै सुनसरी धरानको गोधूली फुटबल क्लब  सेमिफाइनलमा प्रवेश गरेको हो । 

यो सँगै गोधुलीले सेमिफाइनलमा सम्दु फुटबल क्लब तेह्रथुमसंगको भेट पक्का गरेको छ । सम्दु फुटबल क्लबले पहिलो क्वाटरफाइनल खेलमा आयोजकलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।  खेलको समय सकिन ४ मिनेट बाँकी रहँदा भएको घम्साघम्सीका क्रममा गोधुलीका मिलन राई र कञ्चनजंघाका प्रज्वल केसीले रातो कार्ड खाँदा दुबै टिम १० खेलाडीमा सिमित भएका थिए ।

भोली क्वाटरफाइनलको अन्तिम खेलमा न्यू स्टार क्लब बिर्तामोड झापा र पाँचथरको फिदिम स्पोर्टिङ क्लब विच प्रतिस्पर्धा हुँदै छ । यो सँगै भोलि सेमिफाइनल खेलको समीकरण पूरा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद ३ लाख ५२ हजार ८१ रुपैयाँ र उपविजेताले १ लाख ५२ हजार ८१ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । हरेक दिनको खेलमा म्यान अफ दि म्याच बन्ने खेलाडी र खेल अवधि भरि विभिन्न विधामा उत्कृष्ट बन्नेलाई समेत उचित नगद पुरस्कारको व्यवस्था गरिएको छ । 

चासोक तङनामको अवसरमा शनिबारबाट सुरु भएको प्रतियोगिता आगामी मंसिर २२ गतेसम्म जारी रहने छ । चासोक तङनाम सञ्चालन समिति, ङावोरक सङजुम्भो फुङलेङ र कञ्चनजंघा फुङलिङ क्लबको संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो । 

प्रकाशित मिति : 9:12 pm

तिनजुरे–मिल्के क्षेत्रमा पर्यटन तथा समन्वय कार्यक्रम सुरु 

ताप्लेजुङ, वैशाख २८ गते । जिल्ला समन्वय समिति महासङ्घको आयोजनामा

तिनजुरे–मिल्के क्षेत्रमा दुईदिने पर्यटन तथा समन्वय कार्यक्रम हुँदै

ताप्लेजुङ, वैशाख २९ गते । तेह्रथुमको वसन्तपुरमा तिनजुरे–मिल्के–जलजले क्षेत्रको पर्यटन

डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा आजबाट निःशुल्क शिविर

ताप्लेजुङ, वैशाख २४ गते । ताप्लेजुङको डिचेन डोङ्गला स्मारक आँखा

पाथीभरा याङवरकको प्रतिभा प्रस्फुटन कार्यक्रममा टेकेन्द्र खरेल बने प्रथम

ताप्लेजुङ वैशाख २४ गते । पाथीभरा याङवरक गाउँपालिकामा भएको प्रतिभा

दोभान बजारमा निःशुल्क आँखा स्वास्थ्य शिविर : ५९ जनाको शल्यक्रिया 

ताप्लेजुङ, वैशाख २२ गते । ताप्लेजुङको दोभान बजारमा सञ्चालन गरिएको