जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादीकी लामिछाने विजयी



ताप्लेजुङ । जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) की देवका लामिछाने विजयी भएकी छन्। उनले ४ हजार २७२ मत प्राप्त गरेकी छन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी ईन्द्रा चन्द सिंहले ३ हजार १४७ मत पाएकी छन्। नेकपा (एमाले)का उम्मेदवार सुनिता बोहराले २ हजार ५४२ मत ल्याएकी छन्।

रास्वपाका उम्मेदवार पार्बती पुनले १७९ मत ल्याएकी छन् भने राप्रपा नेपालका उम्मेदवार सुनिता पुन रावलले ५८ मत ल्याएकी छन्।

नेपाल समाजवादी पार्टीका उम्मेदवार पवित्रा जैसीले १७ मत पाएकी छन्।

२०७९ को स्थानीय तह निर्वाचनमा नलगाडको उपप्रुमखमा कांग्रेसकी सरिता सिंह निर्वाचित भएकी थिइन्। अहिले कांग्रेसबाट उम्मेदवार बनेकी ईन्द्रा सरिताकै भाईबुहारी हुन्।

गत निर्वाचनमा कांग्रेसका सरिताले ५ हजार ४०६ मत ल्याएर जित्दा एमालेबाट उम्मेदवार बनेकी सुनिता बोहराले ३ हजार ३९३ मत ल्याएकी थिइन्।

२०७९ मा माओवादी र कांग्रेसबीच गठबन्धन भएको थियो। त्यसबेला नलगाडको मेयरमा माओवादीका डम्बरबहादुर रावत निर्वाचित भएका थिए।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार ०८:३९

फक्ताङलुङको थाक्पाखोला लघु जलविद्युत आयोजनामा बाढीले क्षति पुर्‍यायो, सयौँ परिवार प्रभावित 

ताप्लेजुङ, भदौ १७ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ लेलेपमा

इलाममा भेटियो कालो चितुवा

ताप्लेजुङ,भदौ १७ गते । सूर्योदय नगरपालिका–२, बागवीरेस्थित टङ्क काफ्लेका तीन

सुनको मूल्य २ लाख ५ हजार नाघ्यो 

ताप्लेजुङ, भदौ १६ गते । सोमबार सुनको मूल्य थप बढेको

सिनाम पावर हाउसको स्काभेटर र टिप्पर काबेली खोलाले बगायो 

ताप्लेजुङ, भदौ १६ गते । ताप्लेजुङको सिरिङ्घा गाउँपालिका–१ सिनाम स्थित

ताप्लेजुङ, कञ्चनपुर र कास्कीमा ठूलो वर्षा

ताप्लेजुङ, भदौ १६ गते । गएराति कञ्चनपुर, कास्की र ताप्लेजुङमा