कञ्चनपुरको भीमदत्त नगरपालिका ६ मा कांग्रेसका चन्द विजयी



ताप्लेजुङ । कञ्चनपुरको भीमदत्त नगरपालिका ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द विजयी भएका छन् ।

सोमबार राति सम्पन्न भएको मतगणनाअनुसार चन्द एक हजार १०७ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

२०७९ सालको निर्वाचनमा पनि यो वडामा नेपाली कांग्रेस नै विजयी भएको थियो । वडा अध्यक्ष महेन्द्र खड्काको सवारी दुर्घटनामा परेर निधन भएपछि भएको उपनिर्वाचनमा पनि कांग्रेस नै विजयी भएको हो ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेकाबहादुर चन्दले चार सय ८७ मत पाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशील कुमार भट्टले तीन सय ६९, नेकपा एकीकृत समाजवादी पार्टीका जितेन्द्रबहादुर चन्दले दुई सय २५, राष्ट्रिय स्वतन्त्र पार्टीका रामदत्त भट्टले दुई सय १८,स्वतन्त्र उम्मेदवार थानेश्व लेखकले एक सय ४२ मत पाएका छन् ।

नागरिक उन्मुक्ति पार्टीका हरिश डगौराले एक सय २७, माओवादी केन्द्रका नानाराम कोलीले एक सय २२ मत पाएका छन् ।

प्रकाशित मिति : 7:55 am

मानाभरा गोल्डकप : आज सेमिफाइनलका खेल हुँदै

ताप्लेजुङ, पुस १८ गते । फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिममा जारी मानाभरा

मानाभरा गोल्डकप : लिङ्तेपलाई पराजित गर्दै हाङ्देवा सेमिफाइनलमा 

ताप्लेजुङ, पुस १७ गते । नवप्रयास युथ क्लब हाङ्देवा फक्ताङ्लुङ

ताप्लेजुङ गोल्ड कपलाई ५ लाख बढी नाफा 

ताप्लेजुङ, पुस १७ गते । लाखेजात्रा सञ्चालन समितिले तेश्रो संस्करणको

आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले घट्यो

ताप्लेजुङ, पुस १७ गते । पुस १३ गते कीर्तिमान बनेको

सानिमा मिडल तमोर जलविद्युतको उत्पादन तीन सातादेखि ठप्प 

ताप्लेजुङ, पुस १७ गते । ७३ मेगावट क्षमताको सानिमा मिडल