मोरङको ग्रामथानमा माओवादीको अग्रता कायमै, माओवादी उम्मेदवार माझी १ हजार ५ सय १ मतले अघि



ताप्लेजुङ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीले अग्रता बढाउँदै लगेको छ।

निर्वाचन आयोगले दिएको पछिल्लो जानकारीअनुसार ग्रामथानका माओवादी उम्मेदवार नमो नारायण माझीले १ हजार ५ सय १ मतले अघि छन्।

उनले ५ हजार ६ सय ६८ मत पाउँदा कांग्रेसका बलराम सरदार थारुले ४ हजार १ सय ६७ मत पाएका छन्।

एमालेका तुलसीराम विश्वासले अहिलेसम्म २ हजार ७ सय ४१ मत पाएका छन्।

यसअघि नेपाली कांग्रेसले जितेको यो गाउँपालिकामा उपाध्यक्ष र ५ वडाध्यक्षमा एमालेबाट विजयी भएका थिए।

माओवादीले एक मात्रै वडाध्यक्ष जितेको थियो। तर अहिले माओवादी उम्मेदवारले सुरुदेखि नै अग्रता बनाइरहेका हुन्।

२०७९ को स्थानीय तहको निर्वाचनमा ग्रामथान गाउँपालिका अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार थारु विजयी भएका थिए। उनले ७६०५ मत पाएका थिए।

त्यतिबेला एमालेका शिव नारायण माझी थारुले ६०९३ मत र माओवादी केन्द्रका विजय कुमार सरदारले २७२७ मत पाएका थिए।

प्रकाशित मिति : 7:23 am

मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको अवसरमा साहित्य गोष्ठी 

ताप्लेजुङ, कात्तिक २२ गते । मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको

ताप्लेजुङमा फाल्गुनन्द जयन्ती भव्यताका साथ मनाइने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा नेपालको १६औं राष्ट्रिय विभूति

थुकिमामा दोस्रो साङधुङगे माङ्गेन कपको दोस्रो संस्करण सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा दोस्रो

ताप्लेजुङका १८ उद्यमीलाई उद्यमशीलता विकास तालिम 

साहारा लिम्बूताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङमा उद्यमशीलता विकास तथा

जेन जी एकताको अभियान ताप्लेजुङबाट सुरु 

ताप्लेजुङ, कात्तिक २१ गते । जेन जी युनाइटेड मुभमेन्टले एकताको