सिकैचा उपनिर्वाचन सम्पन्न



ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं. ३ सिकैचाको वडाध्यक्षका लागि भएको उपनिर्वाचन सम्पन्न भएको छ । उक्त उपनिर्वाचनमा जम्मा ५८.३१ प्रतिशत अर्थात ८९१  जनाले मतदान गरेका छन् ।

सरस्वती माबी कुन्जारी मतदान स्थलमा जम्मा ५९.९४ प्रतिशत मत खसेको छ । जसमा २८९ महिला र ३२६ पुरुष गरी जम्मा ६१५ जना मतदाताले मतदान गरेका हुन् । 

यस्तै दुर्गा माबी ओसे मतदान स्थल मा ५४.९८ प्रतिशत मत खसेको छ । जसमा ११६ महिला र १६० पुरुष गरी जम्मा २७६ जानाले मतदान गरेका हुन् ।  उक्त क्षेत्रमा एक हजार ५८ मतदाता रहेका थिए । 

सिकैचामा रिक्त रहेको वडाध्यक्ष पदका लागि ५ ओटा दलको प्रतिस्पर्धा रहेको थियो । नेपाली काँग्रेसबाट भीमकुमार लक्सम्बा लिम्बू, नेकपा एमालेबाट कुमारी साउदेन लिम्बु, नेकपा माओवादी केन्द्रबाट अम्बि साउदेन लिम्बू, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा) बाट देवीप्रसाद पौडेल र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, सङ्घीय लिम्बूवानबाट राजेन्द्र काङ्वा लिम्बूले उम्मेद्वारी दिएका हुन् । 

एमालेकी उम्मेद्वार कुमारी साउदेन यसअघिको निर्वाचनमा झिनो मतान्तरले पराजित हुनुभएको थियो भने माओवादीका उम्मेद्वार अम्बि साउदेनले वडा सदस्यबाट राजीनामा दिएर वडाध्यक्षका लागि उम्मेद्वारी दिनु भएको हो । 

२०७९ सालको स्थानीय तहको निर्वाचनमा काँग्रेस, माओवादी केन्द्र र नेकपा एसको गठबन्धनबाट बिजयी हुनु भएका दिलप्रसाद बोखिमले राजिनामा दिएसँगै सो क्षेत्रमा उपनिर्वाचन भएको हो । 

प्रकाशित मिति : 5:20 pm

आज ग्याल्पो ल्होसार : सार्वजनिक बिदा

ताप्लेजुङ, फागुन ६ गते । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम

साउदीको रियादमा १०औँ सगरमाथा गोल्डकप आयोजना हुँदै

काठमाडौँ । साउदी अरबको राजधानी रियाद मा १०औँ संस्करणको ‘सगरमाथा

ताप्लेजुङको आवाज बन्ने छु : क्षितिज थेबे

ताप्लेजुङ, फागुन ४ गते । आगामी फागुन २१ गते हुने

डिजिटल वक्तृत्वकलामा विद्वता पोखरेल प्रथम

ताप्लेजुङ, फागुन २ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसमा सञ्चालन

पाथीभरामा १८ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन १ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)