तमोर महिला कृषि सहकारीद्धारा बिरामीलाई खानेकुरा वितरण




रेडियो काबेली
ताप्लेजुङ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत शुक्रबार जिल्ला अस्पताल ताप्लेजुङका बिरामीलाई खानेकुरा वितरण गरिएको छ । फुङलिङ नगरपालिकाको आयोजनामा मनाई रहेको अभियान अन्तरगत तमोर महिला कृषि सहकारीले जिल्ला अस्पताल ताप्लेजुङका सुत्केरी तथा बिरामीहरुलाई अण्डा, दुध र विस्कुट वितरण गरिएको सहकारीकी अध्यक्ष निता सिवाले जानकारी दिनुभयो ।

उहाँका अुनसार बिरामीहरुको सिघ्र स्वास्थ्य लाभको कामना सहित खानेकरा वितरण गरिएको हो । हरेक वर्ष नोभेम्बर २५ देखी डिसेम्बर १० तारिख सम्म अन्तराष्ट्रिय रुपमा मनाईने यो अभियान यस वर्ष “हामी सबैको प्रतिवद्धताः लैङ्गिक हिंसा अन्त्यको लागि प्रतिवद्धता” भन्ने राष्ट्रिय नाराका साथ मनाईदैँछ ।

यस अभियान अन्तरगत फुङलिङ नगरपालिकाले जनचेतनामुलक नाटक, अन्तरक्रिया, होर्डिङ बोर्ड, फलफुल वितरण, वक्तृत्वकला कार्यक्रम लगायत गर्ने जनाएको छ । जस अन्तरगत नगर उप–प्रमुख एव मुल आयोजक समिती संयोजक भिमादेवी ओझाका अुनसार शनिबार बिहान ७ः३० बजे तोक्मेडाँडामा लैङ्गीक हिंसा बिरुद्ध जनचेतना जगाउने नाटक प्रर्दशन हुनेछ

प्रकाशित मिति : 9:55 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा