मैवाखोलामा स्वास्थ्य परीक्षण तथा आवश्यकता पहिचान शिविर सुरु




रेडियो काबेली
ताप्लेजुङ ।
जिल्लाको मैवाखोला गाउँपालिकामा स्वास्थ्य परीक्षण तथा आवश्यकता पहिचान शिविर सुरु भएको छ । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तरगत उक्त शिविर बुधबारबाट सुरु भएको हो । गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमका अनुसार शिविरमा अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य परीक्षण,आवश्यकता पहिचान र परिचयपत्र बितरण गरिनेछ ।
मैवाखोला गाउँपालिकाको चालू आर्थिक बर्ष २०८१।८२ को बार्षिक स्वीकृत कार्यक्रम तथा करुणा फाउण्डेसन र कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको समान लागत साझेदारीमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तरगत विभिन्न कार्यक्रम सञ्चालन भईरहेका छन् । सोही कार्यक्रम अन्तरगत यो शिविर सञ्चालन भएको हो । साथै शिविरमा गाउँपालिका र नेपाल नेत्रज्योति संघ ताप्लेजुङको साझेदारीमा आँखा परीक्षण तथा उपचारका समेत भईरहेको छ ।


वडा नं. १ बाट सुरु भएको शिविरमा ३७ जना अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरिएको छ भने आँखा शिविरतर्फ १ सय ११ जनाको परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ । आँखा परिक्षण पश्चात ४९ जनालाई निःशुल्क रुपमा चश्मा उपलब्ध गराईएको नेपाल नेत्रज्योति संघ ताप्लेजुङले जनाएको छ । परीक्षणका क्रममा ७ जना मोतियाबिन्दुका बिरामी भेटिएको र उनीहरुलाई मंसिर २० र २१ गते दोभान बजारमा हुने शल्यकृया सहितको निःशुल्क आँखा शिविरमा रेफर गरिएको छ ।
त्यस्तै शिविरको दोस्रो दिन वडा नं. २ मा बिहीबार ठोट्ने सिंहराज मनरानी आधारभूत बिद्यालयमा ४५ जना अपाङ्गता भएका व्यक्तिको पहिचान गरिएको र ८ जनाले अपाङ्गता सम्बन्धी नयाँ कार्ड पाएको गाउँपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख कविता गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार एक सय एक जनाले आँखा परिक्षण गराएका छन् भने जस्मा ४७ जनालाई निशुल्क चस्मा वितरण गरिएको छ । । त्यस्तै १४ जनाको आँखा अप्रेशन गर्नु पर्ने भएकोले मंसिर २० र २१ गते दोभान बजारमा हुने शल्यकृया सहितको निःशुल्क आँखा शिविरमा रेफर गरिएको छ । शिविर १४ गते वडा नं ३ स्थित नारायणी मावी साँघुमा , १५ गते वडा नं ४ को वडा कार्यालयमा, १६ गते वडा नं ५ का लागि पार्टीडाँडा मावि फाकुम्बामा र १७ गते वडा नं ६ को वडा कार्यालयमा शिविर हुने महिला तथा बालबालिका शाखा प्रमुख कविता गिरीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 8:47 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा