मैवाखोलामा स्वास्थ्य परीक्षण तथा आवश्यकता पहिचान शिविर सुरु




रेडियो काबेली
ताप्लेजुङ ।
जिल्लाको मैवाखोला गाउँपालिकामा स्वास्थ्य परीक्षण तथा आवश्यकता पहिचान शिविर सुरु भएको छ । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तरगत उक्त शिविर बुधबारबाट सुरु भएको हो । गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमका अनुसार शिविरमा अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य परीक्षण,आवश्यकता पहिचान र परिचयपत्र बितरण गरिनेछ ।
मैवाखोला गाउँपालिकाको चालू आर्थिक बर्ष २०८१।८२ को बार्षिक स्वीकृत कार्यक्रम तथा करुणा फाउण्डेसन र कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको समान लागत साझेदारीमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तरगत विभिन्न कार्यक्रम सञ्चालन भईरहेका छन् । सोही कार्यक्रम अन्तरगत यो शिविर सञ्चालन भएको हो । साथै शिविरमा गाउँपालिका र नेपाल नेत्रज्योति संघ ताप्लेजुङको साझेदारीमा आँखा परीक्षण तथा उपचारका समेत भईरहेको छ ।


वडा नं. १ बाट सुरु भएको शिविरमा ३७ जना अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरिएको छ भने आँखा शिविरतर्फ १ सय ११ जनाको परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ । आँखा परिक्षण पश्चात ४९ जनालाई निःशुल्क रुपमा चश्मा उपलब्ध गराईएको नेपाल नेत्रज्योति संघ ताप्लेजुङले जनाएको छ । परीक्षणका क्रममा ७ जना मोतियाबिन्दुका बिरामी भेटिएको र उनीहरुलाई मंसिर २० र २१ गते दोभान बजारमा हुने शल्यकृया सहितको निःशुल्क आँखा शिविरमा रेफर गरिएको छ ।
त्यस्तै शिविरको दोस्रो दिन वडा नं. २ मा बिहीबार ठोट्ने सिंहराज मनरानी आधारभूत बिद्यालयमा ४५ जना अपाङ्गता भएका व्यक्तिको पहिचान गरिएको र ८ जनाले अपाङ्गता सम्बन्धी नयाँ कार्ड पाएको गाउँपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख कविता गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार एक सय एक जनाले आँखा परिक्षण गराएका छन् भने जस्मा ४७ जनालाई निशुल्क चस्मा वितरण गरिएको छ । । त्यस्तै १४ जनाको आँखा अप्रेशन गर्नु पर्ने भएकोले मंसिर २० र २१ गते दोभान बजारमा हुने शल्यकृया सहितको निःशुल्क आँखा शिविरमा रेफर गरिएको छ । शिविर १४ गते वडा नं ३ स्थित नारायणी मावी साँघुमा , १५ गते वडा नं ४ को वडा कार्यालयमा, १६ गते वडा नं ५ का लागि पार्टीडाँडा मावि फाकुम्बामा र १७ गते वडा नं ६ को वडा कार्यालयमा शिविर हुने महिला तथा बालबालिका शाखा प्रमुख कविता गिरीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 8:47 pm

दोभान बजारमा निःशुल्क आँखा स्वास्थ्य शिविर : ५९ जनाको शल्यक्रिया 

ताप्लेजुङ, वैशाख २२ गते । ताप्लेजुङको दोभान बजारमा सञ्चालन गरिएको

मैवाखोला गाउँपालिकाको एकीकृत घुम्ती सेवा शिविर : दोस्रो दिन ८३८ ले लिए सेवा

ताप्लेजुङ, वैशाख २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा सोमबारदेखि सुरु

 मेरिङदेन र मिक्वाखोला गाउँपालिकाको आयोजनामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरु

ताप्लेजुङ, वैशाख २२  गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका र मिक्वाखोला

बालबालिकामाथिको ट्रोलिङप्रति गम्भीर चिन्ता

ताप्लेजुङ, वैशाख २१ गते । राष्ट्रिय महिला आयोगले सामाजिक सञ्जालमा

पाथीभरामा भरियालाई आवेदन दिन अनिवार्य

ताप्लेजुङ, वैशाख २१ गते । पाथीभरा मन्दिर क्षेत्रमा खटिने तीर्थयात्री