२ वर्ष कैद सुनाइएका गुन्डा नाइके सत्यमान लामा पक्राउ



काठमाडौं । चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका गुन्डा नाइके सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ। काभ्रेको तेमाल घर भई काठमाडौं महानगरपालिका – ४ बस्दै आएका लामालाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।लामालाई जिल्ला अदालत काठमाडौंले २०८० चैत २७ गते २ वर्ष कैद र ३० लाख बिगो र ३० लाख जरिवाना सजाय हुने फैसला गरेको थियो ।

पक्राउ परेका लामालाई सजाय भुक्तानीका लागि अदालतमा उपस्थित गराएर कारागार पठाइने प्रहरीले जानकारी दिएको छ ।पक्राउ परेका सत्यमान दावा लामाका सहयोगी पनि हुन् । उनी बुद्धचित्त र रक्तचन्दन व्यापारमा पनि मुछिएका थिए । २०७५ सालमा किसानको बुद्धचित्त माला लुटपाट गरेको आरोपमा पनि उनी पक्राउ परेका थिए । त्यसबेला तत्कालीन सांसद नवीना लामा उनलाई छुटाउन गएपछि विवादसमेत भएको थियो ।

सत्यमान पटक(पटक ठगी गरेको आरोपमा पक्राउ परेका थिए । उनलाई अपराध महाशाखाले काभ्रेको तेमालमा भूकम्प पीडितका लागि अस्पताल बनाउँछु भनी एक करोड ७५ लाख ठगेको आरोपमा पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले पक्राउ परेका लामालाई सजाय भुक्तानीका लागि अदालतमा उपस्थित गराएर कारागार पठाइने जानकारी दिए ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार ११:३९

बजेटले आशा जगायो : पूर्व मुख्यमन्त्री राई

ताप्लेजुङ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका

पूर्व राजा नागरिक भइसके : काँग्रेस नेता महर

ताप्लेजुङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख

सिदिङ्वा भलिबल प्रतियोगिताको उपाधि मेहेलेलाई

एलिना दियालीताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा आयोजित वडा स्तरीय भलिबल

ताप्लेजुङमा विभिन्न पार्टी परित्याग गरी ८७ जना नेपाली काँग्रेसमा प्रवेश

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा विभिन्न पार्टी परित्याग गरि ८७ जना

हाल्फ म्याराथन प्रतियोगिताको उपाधि विविसन र जुनीलाई

ताप्लेजुङ । प्रथम सिदिङ्वाधाम पर्यटन महोत्सव–२०८२ को अवसरमा आयोजित हाल्फ