ताप्लेजुङ । करेन्ट लागेर गम्भीर घाइते मैवाखोलाकी ७ वर्षीय बालिकाको मृत्यु भएको छ ।
उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पतालतर्फ ल्याउने क्रममा बालिकाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मैवाखोला गाउँपालिका वडा नं ३ का साङ्गे शेर्पाकी ७ वर्षीय छोरी मंसिरी शेर्पा रहेकी छन् ।
सरस्वती आधारभूत विद्यालय तुम्बेमा अध्ययनरत बालिका आइतबार स्कुलबाट घर फर्कदै गरेका बेला विद्युत प्रवाह भइरहेको तार पोलबाट खसेर लाग्दा गम्भिर घाइते भएकी थिइन् ।
प्रतिक्रिया