सिरिजंघाका एक पुरुषको शब काबेली खोलामा फेला




रेडियो काबेली
ताप्लेजुङ । जिल्लाको सिरिजंघा गाउँपालिकाका एक पुरुषको शब काबेली खोलामा फेला परेको छ । उक्त शब सिरिजंघा गाउँपालिकाका वडा नं.२ आम्बेगुदिनका ४३ वर्षीय गौरीमान पौडेलको रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरिक्षक रवि रावलले जानकारी दिनुभयो । उहाँका अनुसार आम्बेगुदिनका एक पुरुष कार्तिक २७ गतेबाट हराईरहेको भन्ने सुचनाका आधारमा घटना बारे जानकारी प्राप्त हुन साथ प्रहरी चौकी तेल्लोकको टोली घटनास्थलमा पुगी परिवारलाई बोलाईएको र परिवारले उक्त हराएको व्यक्तिको शब नै रहेको पुष्टि भएको हो । हाल घटना स्थलमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ जाँदै गरेको प्रहरी प्रमुख रावलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 9:17 am

आठराई त्रिवेणीका सबै वडामा बर्थिङ सेन्टर सञ्चालन

ताप्लेजुङ, भदौ ९ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका पाँचवटै

ताप्लेजुङ गोल्डकप : भाग्यशाली एक जना दर्शकले स्कुटर पाउने

ताप्लेजुङ, भदौ ७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको

सद्भाव र विश्वशान्तिको कामना गर्दै मुक्कुमलुङ साहित्यिक पदयात्रा

ताप्लेजुङ, भदौ ७ गते । ताप्लेजुङमा साहित्यको माध्यमबाट आपसी सद्भाव,

मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानको अध्यक्षमा हेल्लोक

ताप्लेजुङ, भदौ ७ गते । मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानको अध्यक्षमा मनिष

ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक

ताप्लेजुङ, भदौ ४ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको