सिरिजंघाका एक पुरुषको शब काबेली खोलामा फेला




रेडियो काबेली
ताप्लेजुङ । जिल्लाको सिरिजंघा गाउँपालिकाका एक पुरुषको शब काबेली खोलामा फेला परेको छ । उक्त शब सिरिजंघा गाउँपालिकाका वडा नं.२ आम्बेगुदिनका ४३ वर्षीय गौरीमान पौडेलको रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरिक्षक रवि रावलले जानकारी दिनुभयो । उहाँका अनुसार आम्बेगुदिनका एक पुरुष कार्तिक २७ गतेबाट हराईरहेको भन्ने सुचनाका आधारमा घटना बारे जानकारी प्राप्त हुन साथ प्रहरी चौकी तेल्लोकको टोली घटनास्थलमा पुगी परिवारलाई बोलाईएको र परिवारले उक्त हराएको व्यक्तिको शब नै रहेको पुष्टि भएको हो । हाल घटना स्थलमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ जाँदै गरेको प्रहरी प्रमुख रावलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार ०९:१७

निजामती सेवा दिवसमा हाजिरी जवाफ प्रतियोगिता, पाथीभरा याङवरक गाउँपालिका प्रथम

ताप्लेजुङ, भदौ २१ गते । ताप्लेजुङमा निजामती सेवा दिवसको अवसरमा

मन्त्र ब्याण्ड ताप्लेजुङ आउने

ताप्लेजुङ, भदौ २० गते । ताप्लेजुङमा मन्त्र ब्याण्ड आउने भएको

सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय हुन थाले

ताप्लेजुङ, भदौ २० गते । रकारको निर्देशनअनुसार दूरसञ्चार सेवा प्रदायक

सरकारसँग सम्पर्कमा आयो फेसबुक : दर्ता प्रक्रिया अघि बढाउन मेटाले माग्यो विवरण

ताप्लेजुङ, भदौ १९ गते । सामजिक सञ्जाल फेसबुकको सञ्चालक संस्था

२६ सामाजिक सञ्जाल निष्क्रिय गर्ने सरकारको निर्णयसँगै भाइबरतिर झुम्मिए प्रयोगकर्ता

ताप्लेजुङ, भदौ १९ गते । सरकारले नेपालको फेसबुकसहित २६ सामाजिक