ताप्लेजुङमा निःशुल्क आँखा शिविर सम्पन्न : ७६ जनाको आँखाको शल्यक्रिया



ताप्लेजुङ । ताप्लेजुङमा सञ्चालित तीन दिने आँखा शिविरमार्फत ७६ जनाको आँखाको शल्यक्रिया गरिएको छ। सदरमुकाम फुङ्लिङस्थित डिचेन डोङ्गला आँखा उपचार केन्द्रमा सञ्चालित निःशुल्क शिविरमार्फत उक्त सङ्ख्यामा आँखाका बिरामीको शल्यक्रिया गरिएको हो।

नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङ, फुङ्लिङ नगरपालिका र सेवा फाउन्डेसन काठमाडौँको संयुक्त आयोजनामा सोमबार, मङ्गलबार र बुधबार गरी तीन दिन आँखा शिविर सञ्चालन गरिएको हो। नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङ शाखाका सभापति राजकुमार गुरुङका अनुसार शिविरमा आँखाको शल्यक्रिया गरिएकामध्ये ६२ जना मोतीबिन्दु भएका बिरामी छन्। बाँकी १४ जनाको आँखाको साधारण शल्यक्रिया गरिएको गुरुङले जानकारी लिनुभयो।

यता शिविरमार्फत शल्यक्रिया गरिएकासमेत ६७७ जना आँखाका बिरामीले सेवा प्राप्त गरेका डिचेन डोङ्गला आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज काजीमान गुरुङले जानकारी दिनुभयो। उहाँका अनुसार शिविरमा शल्यक्रिया र आँखाको उपचार तथा परीक्षण सेवा लिएकामध्ये ३३५ जना पुरुष र ३४२ जना महिला रहेका छन्। शिविरबाट बालबालिकादेखि ८० वर्षभन्दा माथि उमेर भएका ज्येष्ठ नागरिकसमेतले सेवा प्राप्त गरेका उहाँले जानकारी दिनुभयो।

शिविरमा मेची आँखा अस्पताल बिर्तामोड झापाको प्राविधिक सहयोग रहेको थियो। मेची आँखा अस्पतालका विशेषज्ञ डा। समीर चापागाईँ नेतृत्वको टोलीले शिविरमा सेवा लिन आएका आँखाका बिरामीलाई सेवा प्रवाह गरेको नेत्रज्योति सङ्घले जनाएको छ। नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङले प्रत्येक वर्ष आँखा शिविर आयोजना गर्दै आएको छ। gorkhapatraonline.com

प्रकाशित मिति : 7:46 am

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा