ताप्लेजुङमा निःशुल्क आँखा शिविर सम्पन्न : ७६ जनाको आँखाको शल्यक्रिया



ताप्लेजुङ । ताप्लेजुङमा सञ्चालित तीन दिने आँखा शिविरमार्फत ७६ जनाको आँखाको शल्यक्रिया गरिएको छ। सदरमुकाम फुङ्लिङस्थित डिचेन डोङ्गला आँखा उपचार केन्द्रमा सञ्चालित निःशुल्क शिविरमार्फत उक्त सङ्ख्यामा आँखाका बिरामीको शल्यक्रिया गरिएको हो।

नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङ, फुङ्लिङ नगरपालिका र सेवा फाउन्डेसन काठमाडौँको संयुक्त आयोजनामा सोमबार, मङ्गलबार र बुधबार गरी तीन दिन आँखा शिविर सञ्चालन गरिएको हो। नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङ शाखाका सभापति राजकुमार गुरुङका अनुसार शिविरमा आँखाको शल्यक्रिया गरिएकामध्ये ६२ जना मोतीबिन्दु भएका बिरामी छन्। बाँकी १४ जनाको आँखाको साधारण शल्यक्रिया गरिएको गुरुङले जानकारी लिनुभयो।

यता शिविरमार्फत शल्यक्रिया गरिएकासमेत ६७७ जना आँखाका बिरामीले सेवा प्राप्त गरेका डिचेन डोङ्गला आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज काजीमान गुरुङले जानकारी दिनुभयो। उहाँका अनुसार शिविरमा शल्यक्रिया र आँखाको उपचार तथा परीक्षण सेवा लिएकामध्ये ३३५ जना पुरुष र ३४२ जना महिला रहेका छन्। शिविरबाट बालबालिकादेखि ८० वर्षभन्दा माथि उमेर भएका ज्येष्ठ नागरिकसमेतले सेवा प्राप्त गरेका उहाँले जानकारी दिनुभयो।

शिविरमा मेची आँखा अस्पताल बिर्तामोड झापाको प्राविधिक सहयोग रहेको थियो। मेची आँखा अस्पतालका विशेषज्ञ डा। समीर चापागाईँ नेतृत्वको टोलीले शिविरमा सेवा लिन आएका आँखाका बिरामीलाई सेवा प्रवाह गरेको नेत्रज्योति सङ्घले जनाएको छ। नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङले प्रत्येक वर्ष आँखा शिविर आयोजना गर्दै आएको छ। gorkhapatraonline.com

प्रकाशित मिति : 7:46 am

बालबालिकामाथिको ट्रोलिङप्रति गम्भीर चिन्ता

ताप्लेजुङ, वैशाख २१ गते । राष्ट्रिय महिला आयोगले सामाजिक सञ्जालमा

पाथीभरामा भरियालाई आवेदन दिन अनिवार्य

ताप्लेजुङ, वैशाख २१ गते । पाथीभरा मन्दिर क्षेत्रमा खटिने तीर्थयात्री

हाइड्रोपावरको निःशुल्क स्वास्थ्य शिविर : ४ सय १७ जना लाभान्वित 

ताप्लेजुङ, बैशाख १९ गते । सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडले

मेरिङदेनमा शिविर मार्फत ५८ कुकुर तथा बिरालोको बन्ध्याकरण 

ताप्लेजुङ, बैशाख १९ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले कुकुर तथा

ताप्लेजुङमा निःशुल्क आँखा शिविर सञ्चालन हुने

ताप्लेजुङ, बैशाख १६ गते । ताप्लेजुङमा निःशुल्क आँखा परीक्षण तथा