फक्ताङलुङ दन्त शिविरः बुधबारसम्म ३ सय ९२ ले लिए सेवा 




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा सोमबारबाट सुरु भएको ४ दिने निशुल्क दन्त  तथा मुख सम्बन्धी शिविरमा बुधबारसम्म ३ सय ९२ जनाले उपचार सेवा लिएका छन् । फक्ताङलुङ गाउँपालिका, हेल्थ केयर नेपाल तथा सगरमाथा हेल्थ फाउण्डेसनको संयुक्त आयोजनामा भइरहेको शिविरमा उक्त सङ्ख्याले उपचार सेवा लिएको गाउँपालिका उपाध्यक्ष रविन लिम्बु  (विकास) ले जानकारी दिनुभयो ।

उहाँका अनुसार शिविरको तेस्रो दिन बुधबार (आज) ८५ जना र पुरुष ७६ जना गरि १६१ जना, दोस्रो दिन मङ्गलबार ७६ जना र पुरुष ५२ जना गरि १२८ जनाले र पहिलो दिन सोमबार महिला ६६ जना र पुरुष ३७ जना गरि जम्मा १०३ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् । 
बिहिबार (भोली) सम्म सञ्चालन हुने शिविरमा निशुल्क दाँत सफा गर्ने, किराले खाएको खाली ठाँउ भर्ने, बाङ्गो टिङ्गो दातलाई बाँध्ने, कीरा लागेको दुखेको दाँतलाई उखेल्ने, दन्त तथा मुख सम्बन्धी आवश्यक औषधि उपचार विषेशज्ञय चिकित्सकबाट भई रहेको गाउँपालिका अध्यक्ष राजन लिम्बु (मुक्ति) ले जानकारी दिनुभयो ।

 शिविरमा जिल्ला भित्रका साथै जिल्ला बाहिरका बिरामीहरूले समेत सहभागिता जनाउन सकिने पालिकाले जनाएको छ ।

प्रकाशित मिति : 9:07 pm

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा

पाथीभरामा भदौमा १३ लाख ६७ हजार भेटी सङ्कलन

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा

पाथीभरा याङवरक छ विधाका खेल प्रशिक्षक नियुक्त गर्ने

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले जिल्ला