फक्ताङलुङ गाउँपालिकामा सोमबार देखी ४ दिने निशुल्क दन्त शिविर सुरु हुँदै




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा आजबाट (सोमबार) चारदिने दन्त तथा मुख स्वास्थ्य सम्वन्धी निशुल्क शिविर सुरु हँदैछ । फक्ताङलुङ गाउँपालिका, हेल्थ केयर नेपाल तथा सगरमाथा हेल्थ फाउण्डेसनको संयुक्त आयोजनामा दन्त बिशेषज्ञबाट दाँत तथा मुख स्वास्थ्य सम्वन्धी शिविर सञ्चालन हुन लागेको हो ।

गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार शिविरमा निशुल्क दाँत सफा गर्ने, किराले खाएको खाली ठाँउ भर्ने, बाङ्गो टिङ्गो दातलाई बाँध्ने, किरा लागेको दुखेको दाँतलाई उखेल्ने, दन्त तथा मुख सम्बन्धी आवश्यक औषधि उपचार विषेशज्ञय चिकित्सकबाट गरिनेछ । अध्यक्ष लिम्बुका अनुसार कात्तिक २६ देखि २९ गते सम्म बिहान ९ः०० बजेदेखि अपरान्ह ४ः०० बजे हुने शिविर गाउँपालिकाको केन्द्र तापेथोकमा रहेको तापेथोक आधारभूत अस्पतालमा हुनेछ । शिविरमा जिल्ला साथै जिल्ला बाहिरका बिरामीहरुले सहभागीता जनाउन पाउने गाउँपालिका अध्यक्ष लिम्बुको भनाई रहेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार ०८:२८

ताप्लेजुङमा निःशुल्क आँखा शिविर सम्पन्न : ७६ जनाको आँखाको शल्यक्रिया

ताप्लेजुङ । ताप्लेजुङमा सञ्चालित तीन दिने आँखा शिविरमार्फत ७६ जनाको

सिकैचा उपनिर्वाचनः मतदाताको टुङ्गो लाग्यो

एलिना दियाली ताप्लेजुङ । जिल्लाको सिरिजङ्गा गाउँपालिका वडा नं. ३ सिकैचामा

फक्ताङलुङ दन्त शिविरः बुधबारसम्म ३ सय ९२ ले लिए सेवा 

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा सोमबारबाट सुरु भएको ४

मैवाखोलाद्धारा खेल प्रशिक्षकको प्रशिक्षण मूल्याङ्कन गर्न विद्यालयस्तरीय खेल प्रतियोगिता सुरु 

रेडियो काबेली ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले विद्यालयस्तरीय खेल प्रशिक्षकको प्रशिक्षण

पाथिभरा मन्दिरमा क्यूआर प्रयोग : क्षेत्र विकास समितिले दियो स्पष्टिकरण 

साहारा लङ्वा लिम्बू  ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथिभरामा क्यूआर प्रयोगमा