एआई सम्मेलन गर्दै युवा संघ, उच्च स्तरीय विदेशी विज्ञ सहित प्रतिनिधि सहभागी हुने



ताप्लेजुङ । राष्ट्रिय युवा संघ नेपालले नेपालमै पहिलो पटक‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्मेलन गर्ने भएको छ। संघले कार्तिक ११ र १२ गते काठमाडौंको कालिमाटी स्थित हायात प्यालेसमा एआई सम्मेलन आयोजना गर्न लागेको अध्यक्ष क्षितिज थेबेले बताएका छन। सम्मेलनको उद्घाटन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । एआई विज्ञताको रूपमा विभिन्न मुलुकका विदेशीहरूको समेत भौतिक रूपमा सहभागिता रहनेछ ।

सम्मेलनबाट राष्ट्रिय एआई रणनीति विकास, नैतिक एआई प्रयोगको प्रवर्द्धन, एआई अनुसन्धान तथा विकासमा सार्वजनिक(निजी साझेदारीको प्रवर्द्धन, एआई शिक्षा र कार्यबल विकासलाई सुदृढ बनाउने र समावेशी एआई नीति सुनिश्चित गर्ने उद्देश्य राखिएको छ ।

एआई सम्मेलनबाट विश्व बजारमा अहिले भइरहेको ‘आर्टिफिसियल इन्टेलिजेन्स’को विकास र उपयोगबारे नेपाली समाजमा जानकारी दिने उद्देश्य रहेको अध्यक्ष थेवेले बताएका छन। सूचना प्रविधिको वर्तमान युग अब ‘आर्टिफिसियल इन्टेलिजेन्स’मा पुगिसकेको बताउँदै यसबाट नेपाली समाजमा पर्न सक्ने प्रभाव र लिन सक्नुपर्ने लाभबारे सम्मेलन केन्द्रित हुने उनको भनाइ छ। सम्मेलनमा एक हजार जना प्रतिनिधि सहभागी हुनेछन ।
सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको हरेक नेपालीको सपना ९समृद्द नेपाल र सुखी नेपाली० सम्म पुग्नको लागि चाहिने डिजिटल नेपालको अवधारणाको सुरुवात गर्न यो सम्मेलन कोशेढुङा सावित हुने पनि अध्यक्ष थेवेले वताएका छन ।
उच्च स्तरिय विभिन्न क्षेत्रका बिदेशी विज्ञहरु भौतिक रुपमा सहभागी हुने सो कार्यक्रममा १० वटा थिमेटिक बेसमा छलफल हुनेछ भने १०१ जना विज्ञ प्यानलिट सहभागी हुनेछन ।त्यस्तै १ हजार जना भौतिक रुपमा सहभागी भएपनी बिश्वभर बाट भर्चुअल रुपमा १ करोड भन्दा बढी प्रतिनिधीले सहभागी जनाउनेछन।
यस कार्यक्रम बाट नेपाल सरकारको डिजिटल नेपालको योजना पूरा गर्नको लागि पहिलो सुरुवातको रुपमा यो एआई कन्फ्रेन्सले नेपाल र नेपाल सरकारको एआई पोलिसी र नेसनल स्ट्राटेजि निर्माण गर्ने बिषयमा धारणा क्लियर गरेर अगाडि बढ्न एआई कन्फ्रेन्सले मुख्य भुमिका खेल्ने अध्यक्ष थेवेको भनाई छ ।

प्रकाशित मिति : 5:23 pm

पाथीभरा दर्शन गर्न आएका वृद्ध बेपत्ता

ताप्लेजुङ, फागुन १७ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनका

ओलीका लागी भोट माग्न योगेश झापा प्रस्थान

ताप्लेजुङ, फागुन १६ गते । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई

ताप्लेजुङमा मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध

ताप्लेजुङ, फागुन १५ गते । ताप्लेजुङमा मादक पदार्थ बिक्री वितरण

निर्वाचन सामग्रीसहित मतदान अधिकृत प्रस्थान

ताप्लेजुङ, फागुन १५ गते । ताप्लेजुङको चार हिमाली बस्तीका निर्वाचन

ताप्लेजुङमा पत्रकारलाई आचारसंहिता तालिम 

सौगात विष्टताप्लेजुङ, फागुन १४ गते । ताप्लेजुङमा पत्रकार आचारसंहिता तथा