भानुजन माविका प्रधानाध्यापक किशोर कुमार राई सम्मानित




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको नमुना माध्यमिक विद्यालयको रुपमा रहेको भानु जन माध्यमिक विद्यालयका प्रधानाध्यापक किशोर कुमार राई सम्मानित हुनु भएको छ । शैक्षिक क्षेत्रमा उत्कृष्ट योगदान गरेको भन्दै जिल्ला समन्वय समिती ताप्लेजुङले बुधबार आठौँ जिल्ला सभा तथा समिक्षा कार्यक्रममा सम्मान गरेको हो ।

लामो समय देखी शिक्षाको गुणस्तर वृद्धि गर्दै शैक्षिक समाज निर्माणमा लागि परि रहुनभएका राईलाई उहाँको शैक्षिक योगदानको कदर गर्दै प्रतिनीधि सभाका सदस्य एवं पुर्व मन्त्री योगेश कुमार भट्टराई, कोशी प्रदेश सरकारका उद्योग,कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगाम,प्रदेशसभा सदस्य तथा कोशी प्रदेश सरकारका पूर्वमन्त्री तिलकुमार मेन्याङ्वो र निर्मला तावा सहितको उपस्थितिमा दोसल्ला र सम्मान–पत्रले सम्मान गर्नु भएको हो ।

सामुदायिक विद्यालयमा विधार्थीको संख्या क्रमश घट्दो क्रममा रहेका बेला भानुजन माध्यकि विद्यालय भने विधार्थीको रोजाईको विद्यालय बनेको छ ।निरन्तर शैक्षिक क्षेत्रको गुणस्तर विकास र प्रवद्र्धन गर्न लागि परिरहनु भएका प्रधानाध्यापक राईलाई शैक्षिक क्षेत्रको प्रेरणाको स्रोतको रुपमा समेत लिने गरिन्छ ।

प्रकाशित मिति : 8:28 pm

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम