भानुजन माविका प्रधानाध्यापक किशोर कुमार राई सम्मानित




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको नमुना माध्यमिक विद्यालयको रुपमा रहेको भानु जन माध्यमिक विद्यालयका प्रधानाध्यापक किशोर कुमार राई सम्मानित हुनु भएको छ । शैक्षिक क्षेत्रमा उत्कृष्ट योगदान गरेको भन्दै जिल्ला समन्वय समिती ताप्लेजुङले बुधबार आठौँ जिल्ला सभा तथा समिक्षा कार्यक्रममा सम्मान गरेको हो ।

लामो समय देखी शिक्षाको गुणस्तर वृद्धि गर्दै शैक्षिक समाज निर्माणमा लागि परि रहुनभएका राईलाई उहाँको शैक्षिक योगदानको कदर गर्दै प्रतिनीधि सभाका सदस्य एवं पुर्व मन्त्री योगेश कुमार भट्टराई, कोशी प्रदेश सरकारका उद्योग,कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगाम,प्रदेशसभा सदस्य तथा कोशी प्रदेश सरकारका पूर्वमन्त्री तिलकुमार मेन्याङ्वो र निर्मला तावा सहितको उपस्थितिमा दोसल्ला र सम्मान–पत्रले सम्मान गर्नु भएको हो ।

सामुदायिक विद्यालयमा विधार्थीको संख्या क्रमश घट्दो क्रममा रहेका बेला भानुजन माध्यकि विद्यालय भने विधार्थीको रोजाईको विद्यालय बनेको छ ।निरन्तर शैक्षिक क्षेत्रको गुणस्तर विकास र प्रवद्र्धन गर्न लागि परिरहनु भएका प्रधानाध्यापक राईलाई शैक्षिक क्षेत्रको प्रेरणाको स्रोतको रुपमा समेत लिने गरिन्छ ।

प्रकाशित मिति : 8:28 pm

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि

ताप्लेजुङमा मतदानको तयारी पूरा

ताप्लेजुङ, फागुन २० गते । विहीबार हुने प्रतिनिधि सभा निर्वाचनका