आइटी एकेडेमी ताप्लेजुङमा निःशुल्क वेब डेभलपमेन्ट कोर्स सञ्चालन हुँदै



ताप्लेजुङ । ताप्लेजुङको आइटी एकेडेमीले निःशुल्क वेब डेभलपमेन्ट कोर्स सञ्चालन गर्ने भएको छ ।  ‘ह्युमन प्राक्टिस फाउन्डेशन’ र ‘भानुजन माध्यमिक विद्यालय’ मातहतमा रहेको एकेडेमीले ताप्लेजुङ जिल्लामा नै पहिलो पटक निःशुल्क वेब डेभलपमेन्ट कोर्स सञ्चालन गर्ने भएको हो ।

हाल ‘लेभल वान’ अन्तर्गतको ‘डिजिटल मार्केटिङ ’ र ‘ग्राफिक्स डिजाइन ’ कोर्स गराइरहेको एकेडेमीले ‘लेभल टु ’ अन्तर्गतको ६ महिने उक्त कोर्स  ल्याएको एकेडेमीका प्रमुख बसन्त लिम्बुले जानकारी दिनुभयो। उहाँका अनुसार उक्त कोर्स सिक्नका लागि एकेडेमीको आधिकारिक वेबसाइट   www.it-academy.io/apply-now मार्फत अनलाइन फारम भर्न सकिनेछ।

 कोर्स गर्नका लागि आधारभूत कम्प्युटरको ज्ञान अनिवार्य हुनुपर्ने बताइएको छ। साथै अन्य काममा संलग्न नरहेका व्यक्ति हुनुपर्ने भनिएको छ । उमेर हद १८ वर्षदेखि ४० वर्ष ननाघेको  हुनुपर्ने उल्लेख छ। कोर्स एकेडेमीको भवन फुङ्लिङ ४ अम्बिटारमा भौतिक रूपमा सञ्चालन हुनेछ।

सहभागि हुन चाहनेहरूले यही कार्तिक २० गतेसम्म अनलाइन फर्म भरिसक्नु पर्नेछ भने कक्षा सञ्चालन मङ्सिरको पहिलो सातादेखि हुने बताइएको छ।

फारमका लागि:- http://it-academy.io/apply-now

प्रकाशित मिति : 6:29 am

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी