ताप्लेजुङमा भन्सार छलिकोे सिक्किमे मदिरा सहित दुई जना पक्राउ




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङमा भन्सार छलिको २ लाख रुपैँयाको सिक्किमे मदिरा सहित दुईजनालाई प्रहरीले पक्राउ गरको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार सोमबार साँझ पाथीभरा याङवर गाउँपालिका वडा नम्बर १ मेवाखा स्थित सडक खण्डमा आवतजावत गर्ने सवारी चेक जाँच गर्ने क्रममा इलामको फिकलबाट ताप्लेजुङ तर्फ आइरहेको पिकअप गाडीमा मिनिरल वाटरको बोतलले माथिबाट छोपेर ताप्लेजुङ बजारतर्फ ल्याउँदै गरेको ५० कार्टुन ‘प्रोडक्ट्स अफ सिक्किम्स कञ्चन’ लेखिएको सिक्किमे मदिरा सहित दुई जनाालई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा मदिरा ताप्लेजुङतर्फ ल्याउने झापा जिल्ला बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ का ३७ वर्षका महेन्द्र बर्देवा र सवारी चालक सोही ठाउँका २३ वर्षका सनम राई रहेका छन् ।
दुई लाख रुपैँयाको मदिरा र मे १ च ४२१४ नम्बरको गाडी आवश्यक अनुसन्धानका लागि भन्सार कार्यालय पशुपति नगर इलाम पठाइएको प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो ।

प्रकाशित मिति : 8:06 pm

मन्त्र ब्याण्डको लाईभ कन्सर्टबाट १२ लाख बढी बचत

रेडियो काबेलीताप्लेजुङ । मन्त्र ब्याण्डको लाईभ कन्सर्टबाट १२ लाख बढी

बहुदेशीय सामुदायिक भवनको शिलान्यास

ताप्लेजुङ, पुष २१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकामा निर्माण हुन

१६ औं राष्ट्रपति शिल्ड माघ २३ गतेदेखि

ताप्लेजुङ, पुस २१ गते । ताप्लेजुङमा अन्तर पालिका स्तरीय १६

अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको जिल्ला स्तरीय प्रगति समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको जिल्ला

तीन सातादेखि ठप्प रहेको तमोर जलविद्युतको उत्पादन सुरु

ताप्लेजुङ, पुस २० गते । सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत