रास्वपा ताप्लेजुङद्धारा पार्टी सभापति लामिछानेको रिहाई माग राख्दै प्रशासन कार्यालयमा ज्ञापनपत्र पेश




रेडियो काबेली
ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला सम्पर्क कार्यालय ताप्लेजुङले पार्टी सभापति एवं पुर्व गृहमन्त्रि रवि लामिछाने पक्राउको बिरोध गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । आईतबार जिल्ला प्रशासन कार्यालय पुगेर पार्टीका जिल्ला संयोजक दावा शेर्पा नेतृत्वको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्कामार्फत नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र पेश गरेको हो ।

जिल्ला सहसंयोजक शेर्पाद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा राजिनीतिक प्रतिशोधका आधारमा सभापति लामिछानेलाई पक्राउ गरिएको भन्दै तत्काल रिहाईको माग सहित विभिन्न ७ वटा माग राखिएको छ । सहकारी ठगी र सङ्गठीत अपराधमा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेलाई कास्की जिल्ला अदालतले छ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
हेर्नुस ज्ञापनपत्रः

प्रकाशित मिति : 8:31 pm

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

ताप्लेजुङ । ताप्लेजुङ सहित कोशी प्रदेशका सञ्चारर्कीलाई दिइने चार दिने

सानिमा बैंक ताप्लेजुङद्धारा कक्षा ११ र १२ को छात्रवृतिका लागि आवेदन आह्वान

रेडियो काबेलीताप्लेजुङ । सानिमा बैँक ताप्लेजुङले जिल्लाका कक्षा ११ र

फुङ्लिङ नगरपालिकाकाद्वारा सडक मर्मत गरिदिन तमोर इनर्जीलाई आग्रह 

सौगात विष्ट ताप्लेजुङ, असोज २३ गते । फुङ्लिङ नगरपालिकाले तमोर इनर्जी

सिदिङ्वा गाउँपालिका–२ का पूर्व वडा अध्यक्ष मृत अवस्थामा फेला

ताप्लेजुङ असोज २३ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–२ सादेवाका पूर्व

माथिल्लो ताप्लेजुङ भ्रमण दशक २०८२–९२ आह्वान

ताप्लेजुङ, असोज २२ गते । माथिल्लो ताप्लेजुङ भ्रमण दशक आह्वान