शनिबार एकैदिन झण्डै ६ हजार दर्शनार्थी पुगे पाथीभरा मन्दिर




रेडियो काबेली
ताप्लेजुङ । नवरात्रको समय सुनसान जस्तै बनेको पाथीभरा मन्दिरको दर्शन गर्न दर्शनार्थीको घुँईचो लाग्न थालेको छ । गत असोज १० गतेदेखी आएको अविरल वर्षापछिको बाढी र पहिरोले मेचिराजमार्ग र तमोर करिडोर अवरुद्ध हुँदा पाथीभराको दर्शन गर्ने मुख्य सिजनमा मन्दिर सुनसान बनेको थियो ।

हाल मेचिराजमार्ग र तमोर करिडोर दुबै सञ्चालनमा आएपछि दर्शनार्थीको घुँईचो लाग्न थालेको हो । शनिबार एकै दिन झण्डै ६ हजार दर्शनार्थीले मन्दिरको दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितीले जनाएको छ । समितीका अनुसार शनिबार ५ हजार ९ सय ८३ जनाले मन्दिरको दर्शन गरेका हुन् । दर्शनार्थीको यो संख्या यस सिजनको एकैदिन दर्शन गर्ने सबै भन्दा बढी हो ।

दर्शनार्थीको संख्या बढेपनि दर्शन गर्ने कुरालाई सहज बनाईएको पाथीभरा क्षेत्र विकासका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो । आफुले मागेको कुरा प्राप्त हुने जनविश्वास रहेकाले पाथीभराको दर्शन गर्न देशका विभिन्न ठाउँ सहित भारत साथै अन्य देशबाट पनि मन्दिरको दर्शन गर्न दर्शनार्थी आउने गर्दछन् ।

प्रकाशित मिति : 6:03 pm

ताप्लेजुङमा १३ दलको उम्मेद्वारी दर्ता (फोटोफिचर)

साहारा लिम्बू ताप्लेजु, माघ ६ गते । आगामी फागुन २१ गते

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले