शनिबार एकैदिन झण्डै ६ हजार दर्शनार्थी पुगे पाथीभरा मन्दिर




रेडियो काबेली
ताप्लेजुङ । नवरात्रको समय सुनसान जस्तै बनेको पाथीभरा मन्दिरको दर्शन गर्न दर्शनार्थीको घुँईचो लाग्न थालेको छ । गत असोज १० गतेदेखी आएको अविरल वर्षापछिको बाढी र पहिरोले मेचिराजमार्ग र तमोर करिडोर अवरुद्ध हुँदा पाथीभराको दर्शन गर्ने मुख्य सिजनमा मन्दिर सुनसान बनेको थियो ।

हाल मेचिराजमार्ग र तमोर करिडोर दुबै सञ्चालनमा आएपछि दर्शनार्थीको घुँईचो लाग्न थालेको हो । शनिबार एकै दिन झण्डै ६ हजार दर्शनार्थीले मन्दिरको दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितीले जनाएको छ । समितीका अनुसार शनिबार ५ हजार ९ सय ८३ जनाले मन्दिरको दर्शन गरेका हुन् । दर्शनार्थीको यो संख्या यस सिजनको एकैदिन दर्शन गर्ने सबै भन्दा बढी हो ।

दर्शनार्थीको संख्या बढेपनि दर्शन गर्ने कुरालाई सहज बनाईएको पाथीभरा क्षेत्र विकासका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो । आफुले मागेको कुरा प्राप्त हुने जनविश्वास रहेकाले पाथीभराको दर्शन गर्न देशका विभिन्न ठाउँ सहित भारत साथै अन्य देशबाट पनि मन्दिरको दर्शन गर्न दर्शनार्थी आउने गर्दछन् ।

प्रकाशित मिति : 6:03 pm

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर

कफी खेती विस्तारका लागि मैवाखोलामा निःशुल्क बिरुवा वितरण

ताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेती

मेची राजमार्गको सडक सीमा पुनरावलोकन गर्न अनुरोध

ताप्लेजु, साउन ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गअन्तर्गत