ताप्लेजुङमा फूलपाती बढाइँ



रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङका विभिन्न दसैं घरहरुमा बढाइँसहित फूलपाती भित्राइएको छ । नेपाली सेनाको दुर्र्गादल गुल्म, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र शशस्त्र प्रहरी बल नं.१ गुल्म कञ्चनजंघा हेडक्वाटरले संयुक्त रुपमा दसैं घरहरुमा फूलपाती भित्राएका हुन् ।

नेपाली सेनाको दुर्र्गादल गुल्म, जिल्ला प्रशासन कार्यालय र शशस्त्र प्रहरी बल नं.१ गुल्म कञ्चनजंघा हेडक्वाटरले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा रहेको निशान भगवती मन्दिरमा विधिपूर्वक पूजा अर्चना गरी फूलपाती बढाइँ गरेका हुन् ।

बिहान ७ः ३० बजे विधिपूर्वक पूजा आराधना पश्चात् शक्तिपीठहरु र देविकी नाममा नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरीले सलामी अर्पण गरेसँगै लावालस्कर सहित लगिएको फूलपाती आ–आफ्ना दसैं घरमा भित्र्याएको हो ।

फूलपाती बढाइँमा सुरक्षा निकायका प्रमुखहरु,जनप्रतिनिधि,राजनैतिक दल, संघ संस्था र कार्यालय प्रमुखसँगै नागरिक समाजका प्रतिनिधि र सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो ।

प्रकाशित मिति : 8:09 pm

ताप्लेजुङमा १३ दलको उम्मेद्वारी दर्ता (फोटोफिचर)

साहारा लिम्बू ताप्लेजु, माघ ६ गते । आगामी फागुन २१ गते

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले