ओलाङचुङगोलामा पहिरोले काठे पुल बग्यो




रेडियो काबेली
ताप्लेजुङ । जिल्लाको फक्ताङलुङ गाउँपालिका वडा नं. ७ ओलाङचुङगोलामा पहिरोले काठको पुल बगाएको छ । शशस्त्र प्रहरी बल नेपाल नं. १ हेडक्वाटर कञ्चनजंघा गुल्मका डिएसपि नरेश मर्हजनका अनुसार शनिबार बिहान अबिरल वर्षासँगै ओलाङचुङगोलास्थित दाङजेटार भन्ने स्थानमा डाँडा माथिबाट पहिरो खसी काठे पुल र याक हिड्ने गोरेटो बाटो १० मिटर बगाएको हो । शसस्त्र प्रहरी ओलाङचुङगोला बिओपीबाट शसस्त्र प्रहरी निरीक्षक माधव खत्रीको कमाण्डमा सात जनाको टोलीले निरीक्षण गर्दा थप क्षती हुने जोखिम नदेखिएको डिएसपी महर्जनले बताउनुभयो ।

यता ओलाङचुङगोलामा गएको पहिरोले तमोर नदीको बहाब बढ्दै गएको भन्ने सुचना प्राप्त भएकाले नदीको आसपास बसोबास गर्नुहुने महानुभावहरुलाई सुरक्षित स्थानमा रहन पालिका उपाध्यक्ष विकास लिम्बुले सामाजिक सञ्जाल फेस्बुकमा पोस्ट गर्दै आग्रह गर्नु भएको छ । त्यस्तै फेस्बुकमै राजनीतिककर्मी मिङमा डण्डु शेर्पाले पनि ओलाङचुङगोलाका भुजुङ शेर्पा ओलाङचुङगोला गाउँ पारिपट्टीको ठाडो खोलामा आएको बाढी पहिरोले तमोर नदीको बहाव बढ्दै गएको सुचना दिनुभएकोले तमोर नदी आसपासमा बसोबास गर्नुहुने सम्पुर्णलाई सचेत भई सुरक्षित बस्न अनुरोध गर्नु भएकोछ । यसअघि पनि पहिरो आउँदा तमोर नदीले फक्ताङलुङमा क्षती गरेको थियो ।

प्रकाशित मिति : 8:49 am

मौसममा केही सुधार : पश्चिमी वायूको प्रभाव कायमै

ताप्लेजुङ, कात्तिक १७ गते । हिजो दिउँसोको तुलनामा मौसममा केही

ताप्लेजुङमा २४४ नयाँ मतदाता नामावली दर्ता

ताप्लेजुङ, कात्तिक १७ गते । ताप्लेजुङमा दुई सय ४४ जनाले

ताप्लेजुङमा चौँरीको आक्रमणबाट विदेशी नागरिक घाइते 

ताप्लेजुङ, कात्तिक १७ गते । ताप्लेजुङमा चौँरीको आक्रमणबाट एक विदेशी

आजदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटिँदै

ताप्लेजुङ, कात्तिक १६ गते । सरकारले चालू वर्षको लागि निर्धारण