वाईसिएलको आयोजनामा ऐतिहासिक लिम्बु साँस्कृतिक सङ्ग्रहालय सरसफाई गरिने




रेडियो काबेली
ताप्लेजुङ । योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) को आयोजनामा जिल्लाको सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेमा रहेको ऐतिहासिक लिम्बु साँस्कृतिक सङ्ग्रहालय सरसफाई गरिने भएको छ । वाईसिएल ताप्लेजुङ संयोजक कैलाश माबोका अनुसार वाईसिएल मामाङ्खे कमिटीको आयोजनामा यहि असोज १५ गते सरसफाई गरिने भएको हो ।

यस अघि असोज १२ गतेका लागि सरसफाई गर्ने भनिएकोमा निरन्तरको अबिरल वर्षाका कारण असोज १५ गतेका लागि सरसफाई कार्यक्रम सारिएको वाईसिएल मामाङ्खे कमिटी अध्यक्ष दुर्गा माबोले जानकारी दिनुभयो । यो सङ्ग्रहालय विश्वको पहिलो लिम्बू सङ्ग्रहालय मानिन्छ ।

गत असार १ देखी ७ गतेसम्म परेको अबिरल वर्षाका कारण आएको पहिरोले सङ्ग्रहालयमा क्षती पु¥याएको थियो । सङ्ग्रहालयमा लिम्बु समुदायको जन्म र मृत्यु संस्कारका लागि आवश्यक पर्ने हतियार, शिकार औजार र सामग्री राखिएको छ ।
सन् १७५७ र १७७४ मा लिम्बू, युद्धमा प्रयोग भएका ढाल, तरवार, बाण र भाला पनि सङ्ग्रहालयमा सुरक्षित रहेको सङ्ग्रहालय व्यवस्थापन समितिले जानकारी दिएको छ ।

पहिरोले ऐतिहासिक लिम्बु साँस्कृतिक सङ्ग्रहालयमा भएको क्षतिप्रति चिन्ता व्यक्त गर्दै श्रमदानद्धारा सरसफाईको आयोजना गरिएको वाईसिएलले जनाएको छ । लिम्बु सांस्कृतिक संग्रहालय सन् २००६ मा स्थापना भएको हो ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार १६:०९

आज मन्त्रिपरिषद विस्तारको तयारी

काठमाण्डौ । अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद विस्तारको

नयाँ प्रधानमन्त्रीका लागि कार्यकक्ष तयार गरिँदै

ताप्लेजुङ, भदौ २७ गते । गृह मन्त्रालयको नयाँ बन्दै गरेको

ताप्लेजुङमा कफ्‍‍र्यू लम्बियो

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङमा कफ्‍‍र्यू लम्बिएको छ ।

फुङ्लिङ बजार अब शुक्रबार पनि खुला हुने

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार शुक्रबार पनि खुला

ताप्लेजुङमा पुन थपियो निषेधज्ञा: बिहान १० बजेदेखी साँझ ५ बजेसम्म लागु हुने

ताप्लेजुङ । ताप्लेजुङमा शान्ति सुरक्षा कायम राख्न भन्दै जिल्ला प्रशासन