वाईसिएलको आयोजनामा ऐतिहासिक लिम्बु साँस्कृतिक सङ्ग्रहालय सरसफाई गरिने




रेडियो काबेली
ताप्लेजुङ । योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) को आयोजनामा जिल्लाको सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेमा रहेको ऐतिहासिक लिम्बु साँस्कृतिक सङ्ग्रहालय सरसफाई गरिने भएको छ । वाईसिएल ताप्लेजुङ संयोजक कैलाश माबोका अनुसार वाईसिएल मामाङ्खे कमिटीको आयोजनामा यहि असोज १५ गते सरसफाई गरिने भएको हो ।

यस अघि असोज १२ गतेका लागि सरसफाई गर्ने भनिएकोमा निरन्तरको अबिरल वर्षाका कारण असोज १५ गतेका लागि सरसफाई कार्यक्रम सारिएको वाईसिएल मामाङ्खे कमिटी अध्यक्ष दुर्गा माबोले जानकारी दिनुभयो । यो सङ्ग्रहालय विश्वको पहिलो लिम्बू सङ्ग्रहालय मानिन्छ ।

गत असार १ देखी ७ गतेसम्म परेको अबिरल वर्षाका कारण आएको पहिरोले सङ्ग्रहालयमा क्षती पु¥याएको थियो । सङ्ग्रहालयमा लिम्बु समुदायको जन्म र मृत्यु संस्कारका लागि आवश्यक पर्ने हतियार, शिकार औजार र सामग्री राखिएको छ ।
सन् १७५७ र १७७४ मा लिम्बू, युद्धमा प्रयोग भएका ढाल, तरवार, बाण र भाला पनि सङ्ग्रहालयमा सुरक्षित रहेको सङ्ग्रहालय व्यवस्थापन समितिले जानकारी दिएको छ ।

पहिरोले ऐतिहासिक लिम्बु साँस्कृतिक सङ्ग्रहालयमा भएको क्षतिप्रति चिन्ता व्यक्त गर्दै श्रमदानद्धारा सरसफाईको आयोजना गरिएको वाईसिएलले जनाएको छ । लिम्बु सांस्कृतिक संग्रहालय सन् २००६ मा स्थापना भएको हो ।

प्रकाशित मिति : 4:09 pm

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ