खेबाङ गोल्डकपको सातौँ संस्करण कात्तिक १० देखि, विजेताले १ लाख ५१ हजार १११ पाउने



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिकामा खेबाङ गोल्डकपको सातौँ संस्करण सञ्चालन हुने भएको छ । आगामी कात्तिक १० गतेदेखि १६ गतेसम्म उक्त गोल्डकपको संस्करण सञ्चालन हुने भएको हो । 

खेबाङ स्पोर्टिङ क्लवले शुक्रबार फुङलिङ सदरमुकाममा पत्रकार सम्मलेनको आयोजना गर्दै सिरिजंघा गाउँपालिका ७ खेबाङमा प्रतियोगिता सञ्चालन गर्ने तयारी भइरहेको जानकारी गराएको छ ।

क्लबका अध्यक्ष बिनम माबोका अनुसार प्रतियोगितामा जिल्ला बाहिरका नेपाल पुलिस क्लब कोशी प्रदेश, रेड स्टार फुटबल क्लब झापा र कुम्मायक गाउँपालिका पाँचथरले सहभागिता जनाउनेछन् । बाँकी ताप्लेजुङका तेल्लोक स्पोर्टिङ क्लव तेल्लोक, लालीगुराँस स्पोर्टिङ क्लब सुरुम्खिम, नैना कम्पनी प्रालि खेबाङ, पेदाङ स्पोर्टिङ क्लब पेदाङ र आयोजक खेबाङ स्पोर्टिङ क्लवले प्रतिष्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ र उपविजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै गोल्डकपमा बिभिन्न विधामा उत्कृष्ट हने खेलाडीलाई समेत उचित नगद पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि करिब १५ लाख रुपैयाँ लागत लाग्ने आयोजकको अनुमान रहेको अध्यक्ष माबोको भनाई छ ।

प्रकाशित मिति : 10:14 am

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो