खेबाङ गोल्डकपको सातौँ संस्करण कात्तिक १० देखि, विजेताले १ लाख ५१ हजार १११ पाउने



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिकामा खेबाङ गोल्डकपको सातौँ संस्करण सञ्चालन हुने भएको छ । आगामी कात्तिक १० गतेदेखि १६ गतेसम्म उक्त गोल्डकपको संस्करण सञ्चालन हुने भएको हो । 

खेबाङ स्पोर्टिङ क्लवले शुक्रबार फुङलिङ सदरमुकाममा पत्रकार सम्मलेनको आयोजना गर्दै सिरिजंघा गाउँपालिका ७ खेबाङमा प्रतियोगिता सञ्चालन गर्ने तयारी भइरहेको जानकारी गराएको छ ।

क्लबका अध्यक्ष बिनम माबोका अनुसार प्रतियोगितामा जिल्ला बाहिरका नेपाल पुलिस क्लब कोशी प्रदेश, रेड स्टार फुटबल क्लब झापा र कुम्मायक गाउँपालिका पाँचथरले सहभागिता जनाउनेछन् । बाँकी ताप्लेजुङका तेल्लोक स्पोर्टिङ क्लव तेल्लोक, लालीगुराँस स्पोर्टिङ क्लब सुरुम्खिम, नैना कम्पनी प्रालि खेबाङ, पेदाङ स्पोर्टिङ क्लब पेदाङ र आयोजक खेबाङ स्पोर्टिङ क्लवले प्रतिष्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ र उपविजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै गोल्डकपमा बिभिन्न विधामा उत्कृष्ट हने खेलाडीलाई समेत उचित नगद पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि करिब १५ लाख रुपैयाँ लागत लाग्ने आयोजकको अनुमान रहेको अध्यक्ष माबोको भनाई छ ।

प्रकाशित मिति : 10:14 am

ताप्लेजुङमा निःशुल्क आँखा शिविर सञ्चालन हुने

ताप्लेजुङ, बैशाख १६ गते । ताप्लेजुङमा निःशुल्क आँखा परीक्षण तथा

मेरिङदेनले रेविज नियन्त्रणका लागि निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन गर्ने

ताप्लेजुङ, बैशाख १३ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले रेविज रोग

अवैध रूपमा सञ्चालनमा रहेका व्यवसायलाई १५ दिनभित्र दर्ता गर्न फुङलिङ नगरपालिकाको आग्रह

ताप्लेजुङ, बैशाख १२ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले दर्ता नगरी

अव्यवस्थित संरचना हटाउन सात दिने अल्टिमेटम

ताप्लेजुङ, बैशाख १२ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले बजार क्षेत्रमा

स्थापना दिवसमा उत्कृष्ट शसस्त्र प्रहरी पुरस्कृत

ताप्लेजुङ, वैशाख ११ गते । शसस्त्र प्रहरी बल नेपाल नम्बर