ताप्लेजुङको सिदिङ्वामा जेसिबी दुर्घटना हुँदा चालक घाईते



ताप्लेजुङ । ताप्लेजुङमा जेसिबी दुर्घटना हुँदा चालक घाईते भएका छन् । सिदिङ्वा गाउँपालिका ५ मा मङ्गलबार जेसिबि दुर्घटना हुँदा सिन्धुलीका २८ वर्षीय चालक कृष्ण बहादुर श्रेष्ठ घाईते भएका हुन् । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिबेक बस्नेतका अनुसार मङ्गलबार राति करिब ८ बजे फसेको जिप गाडीलाई निकालेर फर्कने क्रममा दुर्घटना भएको हो । भूगोल कम्पनी हाइड्रोपावरको ना. प्र. ०१–००४ क २३९४ नम्बरको जेसिबी सडक देखि करिब ८० मिटर तल खस्दा चालक श्रेष्ठ गम्भिर घाईते भएको प्रहरीको भनाई छ । 

घाईते चालकलाई थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालतर्फ लगिएको हाइड्रोपावरका कर्मचारी केशव भट्टराईले जानकारी दिनुभएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : 6:30 pm

दोभान अग्निपीडितलाई एमालेको चार लाख बढी सहयोग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत र अस्थायी बासस्थानको माग

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

देउवा समूहको महाधिवेशनका लागि ताप्लेजुङमा प्रतापप्रकाश हाङ्गामलाई खटाइयो

ताप्लेजुङ, असोज १० गते । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा

दोभानका अग्निपीडितलाई मेरिङदेन गाउँपालिद्धारा प्रारम्भिक राहत वितरण

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ खाम्लुङस्थित दोभान

दोभानका अग्निपीडितलाई राहत

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङस्थित दोभान