ताप्लेजुङको सिदिङ्वामा जेसिबी दुर्घटना हुँदा चालक घाईते



ताप्लेजुङ । ताप्लेजुङमा जेसिबी दुर्घटना हुँदा चालक घाईते भएका छन् । सिदिङ्वा गाउँपालिका ५ मा मङ्गलबार जेसिबि दुर्घटना हुँदा सिन्धुलीका २८ वर्षीय चालक कृष्ण बहादुर श्रेष्ठ घाईते भएका हुन् । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिबेक बस्नेतका अनुसार मङ्गलबार राति करिब ८ बजे फसेको जिप गाडीलाई निकालेर फर्कने क्रममा दुर्घटना भएको हो । भूगोल कम्पनी हाइड्रोपावरको ना. प्र. ०१–००४ क २३९४ नम्बरको जेसिबी सडक देखि करिब ८० मिटर तल खस्दा चालक श्रेष्ठ गम्भिर घाईते भएको प्रहरीको भनाई छ । 

घाईते चालकलाई थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालतर्फ लगिएको हाइड्रोपावरका कर्मचारी केशव भट्टराईले जानकारी दिनुभएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार १८:३०

फुङलिङ नगरपालिका ६ मा भाषणकला तालिम सम्पन्न

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं. ६ मा बैशाख

बिशाल सेजुवाल बने पाथीभरा याङवरकको चैत्र महिनाको उत्कृष्ट कर्मचारी

रेडियो काबेलीताप्लेजुङ । बिशाल सेजुवाल पाथीभरा याङवरक गाउँपालिकाको चैत्र महिनाको

विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको आधार शिविरमा पहिलो पटक साइक्लिङ

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो र नेपालको दोस्रो

कञ्चनजङ्घा बेस क्याम्पमा साइक्लिङ (फोटो फिचर)

ताप्लेजुङ । कञ्चनजङ्घा आधार शिविर (बेस क्याम्प) क्षेत्रमा पहिलो पटक

ताप्लेजुङको सिरीजङ्घामा भएको चौँरी प्रतियोगितामा राजेश गुरुङको ‘मिक्टा’ प्रथम

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकामा भएको चौँरी प्रतियोगितामा राजेश