हाङपाङमा आगलागी हुँदा ५ लाखको क्षती




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आईतबार राती एक घरमा आगलागी हुँदा ५ लाख बराबरको क्षती भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक विवेश बस्नेतका अनुसार पालिकाको वडा नंं. ३ हाङपाङ स्थित गैरी गाउँका दुर्गा बहादुर लिम्बुको घर जलेर नष्ट हुँदा उक्त क्षती भएको हो ।

उहाँका अनुसार परिवारमा बच्चाहरु मात्रै भएको अवस्थामा एक्कासी आगलागी भएको र आगोले घरमा भएका सबै चिज जलेर नष्ट भएको छ । लिम्बु परिवारलाई तत्कालको लागि छिमेकी बम बहादुर आङबुहाङको घरमा स्थानान्तरण गरिएको प्रहरीको भनाई रहेको छ । आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।

प्रकाशित मिति : 1:46 pm

प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुनः हिमपात

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा

रिफाइन गरियो पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी

ताप्लेजुङ, चैत २६ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी प्रशोधन

ताप्लेजुङको आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा

ताप्लेजुङमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुरु

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङमा कोशी प्रदेश स्तरीय छैटौँ

महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

ताप्लेजुङ, चैत २२ गते । ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि