हाङपाङमा आगलागी हुँदा ५ लाखको क्षती




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आईतबार राती एक घरमा आगलागी हुँदा ५ लाख बराबरको क्षती भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक विवेश बस्नेतका अनुसार पालिकाको वडा नंं. ३ हाङपाङ स्थित गैरी गाउँका दुर्गा बहादुर लिम्बुको घर जलेर नष्ट हुँदा उक्त क्षती भएको हो ।

उहाँका अनुसार परिवारमा बच्चाहरु मात्रै भएको अवस्थामा एक्कासी आगलागी भएको र आगोले घरमा भएका सबै चिज जलेर नष्ट भएको छ । लिम्बु परिवारलाई तत्कालको लागि छिमेकी बम बहादुर आङबुहाङको घरमा स्थानान्तरण गरिएको प्रहरीको भनाई रहेको छ । आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।

प्रकाशित मिति : 1:46 pm

प्रथम माघेमेला गोल्ड कप : उपाधिका लागि आयोजक र लालीगुँरास भिड्दै

ताप्लेजुङ, माघ ५ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

तेस्रो वरकदेन गोल्ड कप : आयोजक निलो विजयी

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामी भएन, चाँदी भने प्रतितोला ४ हजार ३ सय रुपैयाँमा लिलाम हुँदै 

ताप्लेजुङ, माघ ४ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामीका

प्रथम माघेमेला गोल्ड कप : आयोजक र लालीगुँरास फाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५० आवेदन

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५०