ओझागाउँ आधारभूत विद्यालयको नयाँ भवन उद्‌घाटन



सौगात विष्ट
ताप्लेजुङ, जेठ ५ गते ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित ओझागाउँ आधारभूत विद्यालयको नवनिर्मित भवन उद्‌घाटन गरिएको छ । कोशी प्रदेश सरकारको ६५ प्रतिशत र स्थानीय सरकारको ३५ प्रतिशत लागत साझेदारीमा निर्माण सम्पन्न भएको ६ कोठे भवनको आइतबार औपचारिक उद्‌घाटन गरिएको हो ।

एक करोड ६० लाख रुपियाँमा निर्माण सम्पन्न भएको उक्त भवनको उद्‌घाटन कोशी प्रदेश सरकारका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य खगेनसिं हाङगामले गर्नुभएको हो । कार्यक्रममा मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्त कार्की साथै वडा अध्यक्ष, जनप्रतिनिधि, स्थानीयवासी, अभिभावक तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि हाङगामले ग्रामीण क्षेत्रको शैक्षिक विकासका लागि भौतिक पूर्वाधार निर्माण महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले विद्यालयको स्तरोन्नतिसँगै गुणस्तरीय शिक्षामा समेत ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । गाउँपालिका अध्यक्ष कार्कीले स्थानीय तहले शिक्षालाई प्राथमिकतामा राखेर आवश्यक पूर्वाधार विकासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उद्‌घाटन समारोहका अवसरमा विद्यालयका लागि जग्गा दान गर्ने ओझा बन्धु कुलवंश एकता उद्धार उत्थान प्रतिष्ठानका पदाधिकारी तथा जग्गादाताहरुलाई सम्मान गरिएको थियो । उहाँहरूलाई सम्मान पत्र, मायाको चिनो तथा दोसल्ला ओढाएर कदर गरिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

स्थानीयवासीले नयाँ भवन निर्माणसँगै विद्यालयमा अध्ययनरत विद्यार्थीले सहज र व्यवस्थित वातावरणमा अध्ययन गर्न पाउने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : 4:56 pm

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक

फुङ्लिङ नगरपालिकाद्धारा चार उत्कृष्ट बुहारी सम्मानित

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले हरितालिका तीजको

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ