ताप्लेजुङमा अवैध भरुवा बन्दुक सहित एक पक्राउ




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङमा अवैध भरुवा बन्दुक सहित एक जना पक्राउ पर्नु भएको छ । पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका वडा नं. –५, वैताङ्गुका वर्ष ५१ का जित बहादुर लिम्बु रहनुभएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रहरीले चाडपर्व लक्षित लामो दुरीको गस्ती गर्ने क्रममा लिम्बुले आफ्नै कोठामा भरुवा बन्दुक राखेको अवस्थामा बन्दुक सहित शुक्रबार पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुलाई जिल्ला अदालत ताप्लेजुङबाट पाँच दिनको म्याद थप गरि अुनसन्धान भई रहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आईतवार १९:१८

आज मन्त्रिपरिषद विस्तारको तयारी

काठमाण्डौ । अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद विस्तारको

नयाँ प्रधानमन्त्रीका लागि कार्यकक्ष तयार गरिँदै

ताप्लेजुङ, भदौ २७ गते । गृह मन्त्रालयको नयाँ बन्दै गरेको

ताप्लेजुङमा कफ्‍‍र्यू लम्बियो

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङमा कफ्‍‍र्यू लम्बिएको छ ।

फुङ्लिङ बजार अब शुक्रबार पनि खुला हुने

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार शुक्रबार पनि खुला

ताप्लेजुङमा पुन थपियो निषेधज्ञा: बिहान १० बजेदेखी साँझ ५ बजेसम्म लागु हुने

ताप्लेजुङ । ताप्लेजुङमा शान्ति सुरक्षा कायम राख्न भन्दै जिल्ला प्रशासन