खगेन सिंह हाङ्गाम बने कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्री 




रेडियो काबेली

ताप्लेजुङ । ताप्लेजुङ क्षेत्र नं. २ बाट निर्वाचित सासंद खगेन सिंह हाङ्गाम कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्री बन्नु भएको छ । शुक्रबार मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विस्तार गर्नुभएको मन्त्रिमण्डलमा हाङ्गामले उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउनु भएको हो ।

कांग्रेस– एमालेबिच बनेको सत्ता गठबन्धनको अढाई महिनापछि कोशी प्रदेश सरकारमा सहभागी भएको काँग्रेसबाट हाङ्गामसँगै भूपेन्द्र राई भौतिक पूर्वाधार विकास मन्त्रालय, सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्रालय र भूमिप्रसाद राजवंशी भौतिक पूर्वाधार विकास मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त हुनु भएको हो ।

उहाँहरूलाई प्रदेश प्रमुख पर्शुराम खापुङले आजै (शुक्रबार) बिहान पद तथा गोपनीयताको शपथ खुवाउनु भएको छ । मन्त्रीमण्डलमा काँग्रेसबाट ४ जना थप भएसँगै कोशी प्रदेशको मन्त्रीमण्डलको संख्या १० पुगेको छ ।  कांग्रेसबाट नियुक्त भएका मन्त्रीहरूमध्ये राई र राजवंशी नेता कृष्ण सिटौला समूहबाट र हाङ्गाम र मण्डल संस्थापन समूहबाट छानिनु भएको हो ।

नेता डाक्टर शेखर कोइराला समूहका लागि १ जना मन्त्री र १ राज्यमन्त्री बनाउने बताइएको छ । यद्यपि उक्त समूहबाट नाम नगएकोले स्वास्थ्य मन्त्रालयलाई खाली राखेर अरू मन्त्री नियुक्त भएका हुन् । 

यसअघि नै एमालेबाट रामबहादुर मगर आर्थिक मामिला तथा योजना, पाँचकर्ण राई सामाजिक विकास, एकराज कार्की खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन मन्त्री र सिर्जना राई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा राज्यमन्त्रीको रूपमा नियुक्त भइसक्नु भएको छ ।

प्रकाशित मिति : 2:30 pm

आज ग्याल्पो ल्होसार : सार्वजनिक बिदा

ताप्लेजुङ, फागुन ६ गते । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम

साउदीको रियादमा १०औँ सगरमाथा गोल्डकप आयोजना हुँदै

काठमाडौँ । साउदी अरबको राजधानी रियाद मा १०औँ संस्करणको ‘सगरमाथा

ताप्लेजुङको आवाज बन्ने छु : क्षितिज थेबे

ताप्लेजुङ, फागुन ४ गते । आगामी फागुन २१ गते हुने

डिजिटल वक्तृत्वकलामा विद्वता पोखरेल प्रथम

ताप्लेजुङ, फागुन २ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसमा सञ्चालन

पाथीभरामा १८ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन १ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)