ताप्लेजुङ गोल्डकपः प्याराफिटमा मात्र १२ लाख ७२ हजार ९ सय ७४ खर्च



स्थानिय भन्छनः फुटबलले व्यापार र रोजगारी दियो

ताप्लेजुङ । ताप्लेजुङ गोल्डकप २०८१ मा प्याराफिट निर्माणमा १२ लाख ७२ हजार ९ सय ७४ रुपैयाँ खर्च भएको छ । बास खरिद,ढुवानी,कामदार ज्याला र डोरी तथा सामाग्रीहरुमा उक्त रकम खर्च भएको हो ।

२ हजार ६ सय ५० घन बास प्रयोग भएको छ । उक्त बास खरिदमा ४ लाख २१ हजार खर्च भएको छ । बास प्रतिघन १५० रुपैयाँ, १६० रुपैयाँ र १७० रुपैयाँमा खरिद भएको हो । यो ढुवानीसहितको रकम हो । प्याराफिट निर्माणमा ज्यालावापत ४ लाख ८५ हजार ३ सय रुपैयाँ खर्चिएको छ ।

दैनिक विहानदेखि बेलुकीसम्मको जनही १ हजार ५० रुपैयाँ ज्याला हो । कामदारको नेतृत्व गरेको स्थानिय द्रोणराज पाण्डेका अनुसार स्थानियले रोजगारी पाएका छन् । पाण्डेले भने,‘दैनिक २० देखि २५ जनासम्म काममा खट्यौ । साउन १६ गतेदेखि भदौ १ गतेसम्म रोजगारी मिल्यो । फुटबलले हामीलाई रोजगारी दियो ।’ लाखेजात्रा सञ्चालन समिति कोषअध्यक्ष निरोज श्रेष्ठका अनुसार यस पटक प्याराफिट निर्माणमा सबै जनशक्ति स्थानिय नै प्रयोग गरिएको छ ।

विगतमा तराईबाट ल्याउने गरिएको थियो । सुत्ली डोरी,काटी,त्रिपाल,प्लाईमा ३ लाख १५ हजार ९ सय ५४ रुपैयाँ खर्च भएको छ । होटल व्यवसायी रमेश श्रेष्ठका अनुसार भेटनेरी चोकमा चटपटे पसलदेखि होटलले राम्रो कारोवार गरेको छ । श्रेष्ठले भने,‘आयोजकबाट मात्र २ लाख ८५ हजार ८ सय ६० रुपैयाँ भुक्तानी लिए । जुन विगतको भन्दा कम हो ।’

यी वाहेक भेटनेरी चोकमा भएको कारोवार धेरै छ । स्थानिय जग्गादाता भिम गुरुङलाई बारीमा प्याराफिट निर्माणको जग्गा भाडावापत आयोजकले ४० हजार रुपैयाँ भुक्तानी गरेको छ । आयोजकका अनुसार प्रतियोगीतामा भएको लगानीमध्ये ७० प्रतिशत रकम जिल्लामै रहेको छ ।

प्रकाशित मिति : 3:59 pm

दोभान बजार आगलागी : १४ करोड ५६ लाख क्षति

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा भएको भीषण

ताप्लेजुङ अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सात दिन बिदा रोक

ताप्लेजुङ, असोज ९ गते । सम्भावित विपद् तथा आपत्कालीन अवस्थालाई

बहानन्दे–मित्लुङ–लेलेप सडकखण्ड अवरुद्ध

ताप्लेजुङ, असोज ९ गते । लगातारको वर्षाका कारण ताप्लेजुङको तमोर

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–दोभान क्षेत्रमा सडक अवरुद्ध

ताप्लेजुङ असोज ९ गते । निरन्तरको वर्षाका कारण ताप्लेजुङको आठराई

कांग्रेस ताप्लेजुङका नौ पालिकामा नेतृत्व चयन, दुईमा निर्वाचन

ताप्लेजुङ, असोज ९ गते । नेपाली काँग्रेस ताप्लेजुङले जिल्लाका नौवटै