ताप्लेजुङ गोल्डकपः प्याराफिटमा मात्र १२ लाख ७२ हजार ९ सय ७४ खर्च



स्थानिय भन्छनः फुटबलले व्यापार र रोजगारी दियो

ताप्लेजुङ । ताप्लेजुङ गोल्डकप २०८१ मा प्याराफिट निर्माणमा १२ लाख ७२ हजार ९ सय ७४ रुपैयाँ खर्च भएको छ । बास खरिद,ढुवानी,कामदार ज्याला र डोरी तथा सामाग्रीहरुमा उक्त रकम खर्च भएको हो ।

२ हजार ६ सय ५० घन बास प्रयोग भएको छ । उक्त बास खरिदमा ४ लाख २१ हजार खर्च भएको छ । बास प्रतिघन १५० रुपैयाँ, १६० रुपैयाँ र १७० रुपैयाँमा खरिद भएको हो । यो ढुवानीसहितको रकम हो । प्याराफिट निर्माणमा ज्यालावापत ४ लाख ८५ हजार ३ सय रुपैयाँ खर्चिएको छ ।

दैनिक विहानदेखि बेलुकीसम्मको जनही १ हजार ५० रुपैयाँ ज्याला हो । कामदारको नेतृत्व गरेको स्थानिय द्रोणराज पाण्डेका अनुसार स्थानियले रोजगारी पाएका छन् । पाण्डेले भने,‘दैनिक २० देखि २५ जनासम्म काममा खट्यौ । साउन १६ गतेदेखि भदौ १ गतेसम्म रोजगारी मिल्यो । फुटबलले हामीलाई रोजगारी दियो ।’ लाखेजात्रा सञ्चालन समिति कोषअध्यक्ष निरोज श्रेष्ठका अनुसार यस पटक प्याराफिट निर्माणमा सबै जनशक्ति स्थानिय नै प्रयोग गरिएको छ ।

विगतमा तराईबाट ल्याउने गरिएको थियो । सुत्ली डोरी,काटी,त्रिपाल,प्लाईमा ३ लाख १५ हजार ९ सय ५४ रुपैयाँ खर्च भएको छ । होटल व्यवसायी रमेश श्रेष्ठका अनुसार भेटनेरी चोकमा चटपटे पसलदेखि होटलले राम्रो कारोवार गरेको छ । श्रेष्ठले भने,‘आयोजकबाट मात्र २ लाख ८५ हजार ८ सय ६० रुपैयाँ भुक्तानी लिए । जुन विगतको भन्दा कम हो ।’

यी वाहेक भेटनेरी चोकमा भएको कारोवार धेरै छ । स्थानिय जग्गादाता भिम गुरुङलाई बारीमा प्याराफिट निर्माणको जग्गा भाडावापत आयोजकले ४० हजार रुपैयाँ भुक्तानी गरेको छ । आयोजकका अनुसार प्रतियोगीतामा भएको लगानीमध्ये ७० प्रतिशत रकम जिल्लामै रहेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार १५:५९

नवरात्रको समयमा सुनसान बन्यो पाथीभरा

एलिना दियालीताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक स्थल पाथीभरा( मुकुम्लुङ)

ताप्लेजुङमा फूलपाती बढाइँ

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङका विभिन्न दसैं घरहरुमा बढाइँसहित फूलपाती भित्राइएको

कुम्भकर्ण हिमाल चड्न गएका अमेरिकन नागरिक बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको कुम्भकर्ण हिमाल (फक्ताङलुङ) आरोहण गर्न गएका एक

हेंवाखोलामा डाईभर्सन निर्माण कार्य अन्तिम चरणमा

रेडियो काबेलीताप्लेजुङ । अवरुद्ध मेचिराजमार्ग अन्तरगत पाँचथरको हेंवाखोलामा बेलि ब्रिज

गाउँपालिकाले सडक मर्मत गरेसङ्गै मंगलबारबाट धरानदेखी साँघुसम्म बस आईपुग्यो

रेडियो काबेलीताप्लेजुङ । बसन्तपुर–गुफापोखरी–साँघु –ढुङ्गेसाँघु– दोभान सडक मर्मत गरेसङ्गै मंगलबारबाट