ताप्लेजुङमा बीपी कोइरालाको सालिक निर्माण गरिने



ताप्लेजुङ । ताप्लेजुङमा प्रजातान्त्रिक समाजवादका प्रणेता एवम् महामानव विश्वेश्वरप्रसाद कोइरालाको सालिक निर्माण गरिने भएको छ । नेपाली काँग्रेस ताप्लेजुङको अगुवाइमा सदरमुकाम फुङ्लिङमा स्वर्गीय कोइरालाको सालिक निर्माण गरिने भएको हो ।

सालिक निर्माण गरिने भएसँगै कोइरालाको १११ औं जन्मजयन्तीको अवसर पारेर सोमबार सिलान्यास कार्यक्रम सम्पन्न गरिएको छ । फुङ्लिङ नगरपालिका–३ हेलिप्याडस्थित गिरिजाप्रसाद कोइराला स्मृति भवन परिसरमा वीपीको सालिक निर्माण गर्न लागिएको हो । बीपी कोइरालाको सालिक निर्माण कार्यको नेपाली काँग्रेस ताप्लेजुङका सभापति गजेन्द्रप्रसाद तुम्याहाङले सिलान्यास गर्नुभएको छ ।

ताप्लेजुङमा हालसम्म काँग्रेस सम्वद्ध कुनैपनि आदर्श पुरुषको सालिक निर्माण नभएको अवस्थामा पहिलो पटक वीपी कोइरालाको सालिक निर्माण गर्न लागिएको जिल्ला सभापति तुम्याहाङले बताउनुभयो । महामानव बीपी कोइरालाले पु¥याउनुभएको योगदानको कदर गर्दै सालिक निर्माण गर्ने योजना बनाएको पनि उहाँको भनाइ छ ।

विक्रम सम्वत् १९७१ साल भदौ २४ गते जन्मिनुभएका कोइराला नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री हुनुहुन्छ । नेपालमा प्रजातन्त्र स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नु भएकै कारण उहाँलाई ‘महामानव’ भन्ने गरिएको छ । कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो । सिलान्यास कार्यक्रममा काँग्रेस जिल्ला कार्यसमिति सभापति तुम्याहाङसहितका अन्य पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

यसैबिच कोइरालाको १११ औं जन्मजयन्तीको अवसरमा नेपाल विद्यार्थी सङ्घ पाथीभरा बहुमुखी क्याम्पस इकाइ समितिले वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । ‘शिक्षामा वीपीको दृष्टिकोण’ विषयक खुला वक्तृत्वकला प्रतियोगितामा अनिश पौडेल प्रथम, स्वर्णीम पुर्कुटी द्वितीय र मिङ्वासो लिम्बू तृतीय हुनुभएको नेविसङ्घले जनाएको छ । गोरखापत्र अनलाइन

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार १७:१९

ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी तालिम सुरु

ताप्लेजुङ । ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी

ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका

ताप्लेजुङमा बजार अनुगमन तिव्रता

ताप्लेजुङ । ताप्लेजुङमा बजार अनुगमनलाई तिव्रता दिइएको छ । मापदण्ड

रिडद्धारा विद्यालय, शिक्षक र व्यवस्थापन समिति पुरस्कृत

ताप्लेजुङ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले

धान दिवसमा रोपाइ

ताप्लेजुङ । ताप्लेजुङको बहानन्दे कञ्चनजङ्घा कृषि फर्ममा धान दिवस मनाइएको